खेलकुद

रामपुरलाई हराउँदै सुन्धारा क्वाटर फाइनलमा प्रवेश

Banner

चितवन, जेठ २९–

चितवनको भरतपुरमा जारी पाँचौँ चितवन च्याम्पियनसि फुटबल प्रतियोगिता अन्तर्गत आज (बुधबार) को खेलमा काठमाडौँको सुन्धारा फुटबल क्लब विजयी हुँदै क्वाटर फाइनलमा प्रवेश गरेको छ । पेनाल्टी सुटआउटमा चितवनको रामपुर फुटबल क्लबलाई ४–२ गोल अन्तरले हराउँदै सुन्धारा क्वाटर फाइनल प्रवेश गरेको हो ।

खेलको निर्धारित समयमा दुवै टिमले एक/एक गोलको बराबरीमा खेलेपछि पेनाल्टी सुटआउटबाट जित हात पार्दै सुन्धारा अघिल्लो चरणमा प्रवेश गरेको हो । खेलको २८औँ मिनेटमा रामपुर फुटबल क्लबका विमल तामाङले गोल गरेका थिए । पहिलो हाफमा अग्रता लिएको रामपुरले दोस्रो हाफमा लय गुमाउँदा पहिलो चरणबाटै बाहिरिन पुगेको हो ।

खेलको ६६ औँ मिनेटमा सुन्धाराका विशाल लामाले गोल गर्दै टिमलाई बराबरीमा पुर्‍याएका थिए । निर्धारित समयमा दुवै पक्षबाट बराबरी भएपछि खेल पेनाल्टी सुट आउटमा धकेलिएको थियो । आजको खेलमा सुन्धारा फुटबल क्लबका गोल रक्षक रोहित कार्की म्यान अफ दी म्याच घोषित भए ।

प्रतियोगिता अन्तर्गत भोलि (बिहीबार) बसन्तपुर युनाइटेड क्लब माडी र देशभक्त फुटबल क्लब नवलपरासीबीच प्रतिस्पर्धा हुने आयोजक एभरेष्ट क्लबका अध्यक्ष अशोक देवकोटाले जानकारी दिए । ‘युवाहरुको बाटो कुलत र दुव्र्यसन होइन, चेतना समाज विकास र राष्ट्र निर्माण हो’ भन्ने नाराका साथ आयोजना गरिएको पाँचौँ चितवन च्याम्पियनसिपमा आठ वटा स्थानीय सहित १६ टिम सहभागी भएका देवकोटाले बताए ।

प्रतियोगिताको विजेताले उपाधिसहित तीन लाख रुपैयाँ नगद तथा मेडल र प्रमाणपत्र पाउने देवकोटाले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>