खेलकुद

रामपुरलाई हराउँदै सुन्धारा क्वाटर फाइनलमा प्रवेश

०
Banner

चितवन, जेठ २९–

चितवनको भरतपुरमा जारी पाँचौँ चितवन च्याम्पियनसि फुटबल प्रतियोगिता अन्तर्गत आज (बुधबार) को खेलमा काठमाडौँको सुन्धारा फुटबल क्लब विजयी हुँदै क्वाटर फाइनलमा प्रवेश गरेको छ । पेनाल्टी सुटआउटमा चितवनको रामपुर फुटबल क्लबलाई ४–२ गोल अन्तरले हराउँदै सुन्धारा क्वाटर फाइनल प्रवेश गरेको हो ।

खेलको निर्धारित समयमा दुवै टिमले एक/एक गोलको बराबरीमा खेलेपछि पेनाल्टी सुटआउटबाट जित हात पार्दै सुन्धारा अघिल्लो चरणमा प्रवेश गरेको हो । खेलको २८औँ मिनेटमा रामपुर फुटबल क्लबका विमल तामाङले गोल गरेका थिए । पहिलो हाफमा अग्रता लिएको रामपुरले दोस्रो हाफमा लय गुमाउँदा पहिलो चरणबाटै बाहिरिन पुगेको हो ।

खेलको ६६ औँ मिनेटमा सुन्धाराका विशाल लामाले गोल गर्दै टिमलाई बराबरीमा पुर्‍याएका थिए । निर्धारित समयमा दुवै पक्षबाट बराबरी भएपछि खेल पेनाल्टी सुट आउटमा धकेलिएको थियो । आजको खेलमा सुन्धारा फुटबल क्लबका गोल रक्षक रोहित कार्की म्यान अफ दी म्याच घोषित भए ।

प्रतियोगिता अन्तर्गत भोलि (बिहीबार) बसन्तपुर युनाइटेड क्लब माडी र देशभक्त फुटबल क्लब नवलपरासीबीच प्रतिस्पर्धा हुने आयोजक एभरेष्ट क्लबका अध्यक्ष अशोक देवकोटाले जानकारी दिए । ‘युवाहरुको बाटो कुलत र दुव्र्यसन होइन, चेतना समाज विकास र राष्ट्र निर्माण हो’ भन्ने नाराका साथ आयोजना गरिएको पाँचौँ चितवन च्याम्पियनसिपमा आठ वटा स्थानीय सहित १६ टिम सहभागी भएका देवकोटाले बताए ।

प्रतियोगिताको विजेताले उपाधिसहित तीन लाख रुपैयाँ नगद तथा मेडल र प्रमाणपत्र पाउने देवकोटाले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>