चितवन विशेष

भरतपुरमा मृर्गौला प्रत्यारोपण फेरि सुरु, पुरानो मेडिकल कलेजमा तीन घण्टा लगाएर तेस्रो प्रत्यारोपण

Banner

चितवन, जेठ २९-

चितवनस्थित कलेज अफ मेडिकल साइन्सेज (पुरानो मेडिकल कलेज) टिचिङ अस्पतालमा लामो समयपछि मृर्गौला प्रत्यारोपण सुरु भएको छ ।

करिब चार वर्षअघि नै लाइसेन्स पाएको कलेजले त्यति नै समयको अन्तरालमा तेस्रो मृर्गौला प्रत्यारोपण गरेको हो । गत सोमबार प्रा डा राकेश बर्माको टोलीको साढे तीन घण्टा लगाएर भक्तपुर–६ निवासी ५४ वर्षीय विष्णु गोपाल बतासको मिर्गौला प्रत्यारोपण गरेको हो । उनलाई २५ वर्षीय आफ्ना भान्जा रिजनबीर जोशीले मिर्गौला दिएका हुन् ।

‘७२ घण्टा भयो, प्रत्यारोपण भएका बतासको स्वास्थ्य सुधारोन्मुख छ । हामी खुसी छौँ,’ डा बर्माले भने । उनले अब दोस्रो केस पनि छिटै गर्ने बताए । प्रत्यारोपणका लागि आफ्नो नेतृत्वमा डा प्रविण जोशी , डा सुदीपराज केसी, डा भुषण तिमल्सेना, डा माधव घिमिरे, डा वीरेन्द्र यादवलगायतको टोली खटिएको डा बर्माले बताए ।

प्रत्यारोपण केन्द्रका डा वर्मा अब भरतपुरमा

सोमबारको प्रत्यारोपण पछि उत्साहितभएका डा. वर्माले पुरानो मेडिकल कलेजमा मृर्गौला प्रत्यारोपणले नियमितता पाउने दाबी गरे । उनले आफूले अब पुरानो मेडिकल कलेजबाट सेवामानिरन्तरतादिने बताए । ‘मैले अब यता नै निरन्तरता दिन्छु । म यता आवद्ध भएर नै यो सेवा सुरु भएको हो,’ डा वर्माले भने ।

यसअघि उनी भक्तपुर स्थितशहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कार्यरत थिए । उनले भरतपुरमा कलेजो प्रत्यारोपणको समेत तयारी भएको बताए ।

हाम्रो टोली देशभर फिजिँदैछ : डा पुकार चन्द्र श्रेष्ठ

यता प्रत्यारोपण केन्द्रका निर्देशक डा पुकारचन्द्र श्रेष्ठले उपत्यकाबाहिर प्रत्यारोपण सुरु हुनु राम्रो कुरा भएको बताए । उनले आफ्नो अस्पतालको टोलीगएर पुरानो मेडिकल कलेजमा मृर्गौला प्रत्यारोपण सफल गराएको जानकारी पाएको भन्दै खुसी व्यक्त गरे ।

‘पुरानो मेडिकल कलेजमा भएको प्रत्यारोपणमा डा बर्मासहित अधिकांश डाक्टर हामीकहाँ ट्रेन्ड भएकाहरु नै हुनुहुन्छ । अब सुमेरु अस्पतालमा पनि हामी कहाँ ट्रेन्ड भएका डाक्टरहरु जानु भएको छ । त्यसैले प्रत्यारोपण केन्द्रमा काम सिकेर सेवा विस्तार गर्नुहुन्छ भने हामीले त्यसलाई अन्यथालिने कुरा पनि भएन,’ डा. श्रेष्ठले भने ।

उनले प्रत्यारोपण केन्द्र अहिले एकेडेमीजस्तो भएको समेत बताए । ‘हामीसँग सिकेका धेरैले अन्यत्रगएर सेवादिनु भएको छ । त्यसैले यो एकेडेमीजस्तो भएको छ,’ उनले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>