चितवन विशेष

घाइते वन्यजन्तुको लागि चितवनमा एम्बुलेन्स खरीद हुँदै

Banner

चितवन,जेठ २९-

नेपालमै पहिलोपटक वन क्षेत्रमै पुगेर घाइते तथा बिरामी हुने वन्यजन्तुको उद्धारका लागि एम्बुलेन्स खरीद गरी ल्याइएको छ ।सरकारको भन्सार छुटमा राष्ट्रिय प्रकृति संरक्षण कोषले सौराहामा सञ्चालनमा आउन लागेको वन्यजन्तु अस्पतालका लागि एम्बुलेन्स ल्याएको हो ।

राष्ट्रिय प्रकृति संरक्षण कोषले सौराहाका निमित्त प्रमुख रामकुमार अर्यालले रु २५ लाख लागतमा एम्बुलेन्स ल्याइएको बताउनुभयो । एम्बुलेन्सले चितवन राष्ट्रिय निकुञ्जलगायत तराईका सबै जिल्लामा सेवा दिने अर्यालको भनाइ छ ।

“वन्यजन्तु घाइते तथा बिरामी भए उद्धारका लागि पुग्छौं”, उहाँले भन्नुभयो, “एम्बुलेन्समा अक्सिजन, जनावरको आकारअनुसारको वन्यजन्तु राख्ने भाँडो (केज) लिएर जान्छौँ । वन्यजन्तुलाई अस्पतालमा ल्याएर उपचार गर्छौँ ।”

यसअघि नेपालमा वन्यजन्तुको एम्बुलेन्समा राखी उद्धार गरिने व्यवस्था थिएन । सदर चिडियाखानासँग एम्बुलेन्स भए पनि बाहिर प्रयोगमा आएको थिएन । अस्पताल सञ्चालनमा आएपछि वन्यजन्तु संरक्षणमा थप टेवा पुग्ने संरक्षणकर्मीको भनाइ छ ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>