चितवन विशेष
रंगशाला प्रकरणः प्रकाश कंडेल भन्छन्– गल्ती स्वीकार गरिसक्यौं, अब निर्माणमा लाग्छौं (भिडियोसहित)

चितवन,जेठ २८-
निर्माणाधिन गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बारमा डोजर लगाउन नेतृत्व गरेको अभियोग लागेका प्रकाश कंडेलले रंगशालामा डोजर लाग्ने अवस्था सृजना हुनु दुःखद भएको बताएका छन् । आज भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी उनले गल्ती स्वीकार्दै आगामी दिनमा गल्ती नदोहोरिने गरी रंगशाला निर्माणको अभियानमा लाग्ने प्रतिबद्धता जनाए । घटनाले सबै पक्षलाई राम्रोसंग पाठ सिकाएको उनको भनाई छ ।
उनेल भने, ‘सबैको तर्फबाट गल्ती भएको छ, यसलाई धेरै ठूलो बहस बनाउनु जरुरी छैन्, सबैले आफ्नो गल्ती स्वीकार गरिसकेका कारण अब रंगशाला निर्माणमा सबै लाग्नुपर्छ ।’ उनले भत्काइएको बार स्थानियले नै उठाउने बताए ।
उनले छिट्टै धुर्मुस–सुन्तली फाउण्डेशन, स्थानिय, भरतपुर महानगरपालिका सबैको संयुक्त आब्हानमा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सहभागितामा रंगशाला निर्माणमा एकजुटको घोषणा र निर्माणको थालनी गरिने बताए । सबैको साझा संकल्पबाट मात्रै रंगशाला निर्माण सम्भव रहेको उनले धारणा राखे ।
‘हाम्रो उदेश्य रंगशाला निर्माण गर्ने हो,उनले भने,सामान्य कुराबाट बिचलित हुने होइन् ।’ कंडेलले आफूहरुलाई लागेको आरोप र अबिस्वासहरु आगामी दिनमा गलत साबित हुँदै जाने दावी गरे । धुर्मुस-सुन्तली फाउण्डेशनका प्रतिनिधिसंग निरन्तर संबाद भइरहेको भन्दै उनले धुर्मुस–सुन्तली छिट्टै आउने र रंगशाला निर्माणको नेतृत्व गर्ने बताए ।
‘रंगशाला निर्माण हुने भन्दा सबैभन्दा बढि हर्षित हुने हामी हौं,कंडेलले भने’,जनताको पसिनाबाट बन्न लागेको रंगशालामा कमिसन माग्ने कुरा हामी कल्पना सम्म गर्न सक्दैनौं ।’ उनले वडा र महानगरलाई रंगशालामा निर्माण गर्न लागिएको बाटोका सम्बन्धमा पटक पटक ध्यानाकर्षण गराउँदा पनि सुुनुवाई नभएका कारण स्थानियले घटना घटाएको उनको जिकिर छ । उनले रंगशाला निर्माणका लागि श्रम गर्न र स्थानिय स्तरमा आठ÷दश करोड उठाउन तयार रहेको बताए । थप भिडियोमा हेर्नुहोस्ः
























