कर्पोरेट

नेपाल लाइफको सदावहार जीवन बिमा योजना

Banner

चितवन, जेठ २६-

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पछिल्लो समय ‘नेपाल लाइफ सदावहार जीवन बिमा योजना’ सार्वजनिक गरेको छ ।

‘घातक रोग सुविधा योजना’ ल्याएको केही समयपछि नै कम्पनीले आजदेखि लागू हुने गरी सो योजना ल्याएको जनाएको छ । कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिअनुसार समयको माग र सेवाग्राहीको आवश्यकतालाई दृष्टिगत गरी सदावहार जीवनका लागि सदावहार जीवन बिमा योजना सार्वजनिक गरेको हो ।
योजना सार्वजनिक कार्यक्रममा कम्पनीका उप–प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाइले भने, ‘आजको समयमा धेरैजसो व्यक्तिहरू आफूले गरेको लगानीको प्रतिफल कम समयमा प्राप्त गरी जिन्दगीभर ढुक्क रहन चाहन्छन् । सेवाग्राहीको यही चाहनाअनुसारको बिमा योजना जनसमक्ष प्रस्तुत गर्ने क्रममा यस कम्पनीले ‘नेपाल लाइफ सदावहार जीवन बिमा योजना’ ल्याएको हो ।’ उनका अनुसार यो योजनामा प्रत्येक वर्ष बिमाङ्कको पाँच प्रतिशतका दरले हुन आउने रकम बिमालेखको वार्षिकोत्सवमा भुक्तानी हुनेछ । साथै, आजिवन जोखिम बहन गर्नु र बिमा अवधि पश्चात पनि समर्पण मूल्य प्राप्त गर्न, यस योजनाको मुख्य विशेषता हो ।

कम्पनीका अनुसार यो योजनाका लागि न्यूनतम बिमांक रकम दुई लाख रूपैयाँ कायम गरिएको छ । तर, सेवाग्राहीको आयस्रोतका आधारमा यो योजनामा जति पनि बिमांक रकम राखेर सहभागी बन्न सकिने कम्पनीले बताएको छ । यो बिमा पोलिसी खरिदका लागि न्यूनतम उमेर ११ वर्ष र अधिकतम उनेर ६५ वर्ष तोकिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>