अन्तर्राष्ट्रिय
भारतको नयाँ मन्त्रीपरिषद् पहिलो बैठक जुन १२ मा
०

दिल्ली, भारत, जेठ २५-
भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालका लागि नयाँ मन्त्रीपरिषद्को पहिलो बैठक यही जुन १२ तारिखमा बस्ने भएको छ ।
गत मे ३० तारिखका दिन सपथ ग्रहण गरेका प्रधानमन्त्री मोदीले झण्डै दुई हप्तापछि मात्रै मन्त्रीपरिषद्को पहिलो बैठक बोलाएको भएको स्रोतले शुक्रबार जनाएको छ । दोस्रो पटक प्रधानमन्त्री बनेका मोदी सपथ ग्रहणको भोलिपल्टै आफ्ना मन्त्रीलाई मन्त्रालयगत जिम्मेबारी तोकेका थिए ।
ती मन्त्रीलाई आगामी पाँच वर्षसम्म आफूले गर्ने प्रमुख कामको प्रारम्भिक योजना बनाउन निर्देशन दिएको हुनाले पनि पहिलो बैठक बस्न ढिला हुन गएको जनाइएको छ । पहिलो बैठकमा मोदी सरकारले पाँच वर्षे कार्यकालमा गर्ने मुख्य कामको बारेमा छलफल हुने स्रोतले जनाएको छ ।
(रासस\एएनआई)
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>