चितवन विशेष

भरतपुरमा खुल्यो ‘वाफल्स हाउस’

Banner

चितवन, जेठ २४–

भरतपुरस्थित सप्तगण्डकी चोकमा वाफल्स हाउस संचालनमा आएको छ । विदेशमा सिकेर आएको सीप स्वदेशमा सदुपयोग गर्ने उद्देश्यले अनुप श्रेष्ठ र नवराज देवकोटाले वाफल्स हाउस संचालनमा ल्याएका हुन् ।

प्रबन्ध निर्देशक अनुप श्रेष्ठले वाफल्स हाउसमा पारिवारिक वातावारणमा म्युजिक सुन्दै विदेशी र नेपाली परिकारको स्वाद लिन सकिने बताए ।
सबै वर्गलाई लक्षित गरि संचालनमा ल्याईएको क्याफेमा पाँच जनालाई रोजगार समेत प्रदान गरिएको अर्का प्रबन्ध निर्देशक नवराज देवकोटाले जानकारी दिए । शान्त वातावरणमा धुम्रपान र मध्यपानबाट टाँढा रहेर रमाउन चहाने ग्राहकहरुले पारिवारिक वातावरणमा सेवा लिन पाउने देवकोटाले बताए ।

क्याफेमा चितवनमै पहिलो पटक बेल्जियन खानेकुरा वाफल्सको स्वाद लिन पाईने देवकोटाले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>