चितवन विशेष

रत्ननगरमा गौडेता नगरपालिकाका जनप्रतिनिधिसँग अन्तक्रिया

Banner

चितवन, जेठ २१-

रत्ननगर नगरपालिकाले सर्लाहीको गौडेता नगरपालिकाका जनप्रतिनिधिसँग विकास निर्माण सुसासनका विषयमा छलफल गरेको छ ।

भ्रमणमा रहेको जनप्रतिनिधिहरुको टोलीसँग रत्ननगरमा गरिएमा काम र गौडेता नगरपालिकामा भएको कामको विषयमा अन्र्तक्रिया गरिएको थियो । गौडेता नगरपालिकाका जनप्रतिनिधिको टोलीलाई रत्ननगरका मेयर नारायण वनले स्वागत गरेका थिए । उनले दुई वर्षको अबधिका रत्ननगरले गरेका विकास निर्माण,पर्यटन,कृषि,स्वास्थ्य,पशुपालन,जीविकोपार्जन,धर्मसंस्कृतिको संरक्षणको क्षेत्रमा गरेका कामहरुको बारेमा जानकारी गराएका थिए ।

मेयर वनले नगरभित्रका अधिकांश सडक कलोपत्रे गर्ने, शिक्षा तर्फ सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा सञ्चालन, स्वास्थ्यतर्फ ज्येष्ठ नागरिकको घरघरमै स्वास्थ्य परीक्षण र रत्ननगर अस्पतालमा सेवा सुधार,पशुपालनको विकासको लागि अनुदान,गौशाला निर्माण,कृषिमा अनुदान र औजार वितरण,संस्कृति संरक्षणको लागि विभिन्न जातजातिको परम्परा झल्किने घर सहितको होमस्टे तथा ईको पार्क निर्माण कार्य भइरहेको बताए ।

कार्यालय सञ्चालनलाई प्रभावकारी बनाउन प्रविधिको प्रयोग, विभिन्न ठाउँमा फ्रि वाइफाई सुरु भइसकेको र बुधबारदेखि अनलाइन मार्फत घर नक्सा पास सुरु गर्ने मेयर वनले बताए । कार्यक्रममा गौडेता नगरपालिकाका वडा नं १ का वडा अध्यक्ष रमेशकुमार यादवले सो नगरपालिकाले गरेका कामहरुको बारेमा जानकारी गराएका थिए । कार्यक्रममा रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टुवराज पोखरेल, प्रवक्ता राजेन्द्र हमाल,वडा अध्यक्ष हेमराज थापा,कृष्ण महतोलगायतको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>