चितवन विशेष
जेष्ठ नागरिकको निःशुल्क आँखा परीक्षण
०

चितवन, जेठ १९–
जेष्ठ नागरिक संघ चितवनको आयोजना तथा भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा आज (आइतबार) भरतपुरमा जेष्ठ नागरिकहरुको निःशुल्क आँखा जाँच गरिएको छ ।
वरिष्ठ नेत्र विशेषज्ञ पुष्पा गिरीको समूहले जेष्ठ नागरिकहरुको आँखा जाँच गरिएको थियो । उक्त कार्यक्रममा साढे तीन सय भन्दा बढी जेष्ठ नागरिकहरुले आँखा जाँच गराएका थिए । सो कार्यक्रममा क्षेत्र नम्बर २ का सांसद कृष्णभक्त पोखरेल प्रमुख अतिथि रहेका थिए ।
सांसद पोखरेलले जेष्ठ नागरिकहरु बस्ने भवन निर्माणका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । उनले हरेक व्यक्ति स्वस्थ रहन नियमित रुपमा आफ्नो स्वास्थ्यको हेरविचार गर्नुपर्ने बताए । जेष्ठ नागरिक संघ चितवनका अध्यक्ष केदारनाथ तिमिल्सीनाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>