क्रिकेट
विश्वकप क्रिकेटः बंगलादेशले दक्षिण अफ्रिकासामु दियो ३३१ रनको लक्ष्य
०

काठमाडौं, जेठ १९–
आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता अन्तरगत जारी खेलमा बंगलादेशले दक्षिण अफ्रिकासामु ३३१ रनको लक्ष्य दिएको छ ।
दक्षिण अफ्रिकाले टस जितेर फिल्डिङ रोजेपछि व्याटिङ गरेको बंगलादेशले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै ३३० रन जोड्न सफल भयो । उसका लागि मुसाफिकर रहमानले ७८, शकिब अल हसनले ७५, महमदुल्लाहले नटआउट ४६, सोमी सरकारले ४२ रनको योगदान दिए ।
दक्षिण अफ्रिकाका लागि क्रिश मोरिस, इमरान ताहिर र फेलिकवायोले समान २/२ विकेट लिए ।