चितवन विशेष

चितवनका रचनाकार देवकोटाको ‘तस्विर’ गीत लोकप्रिय बन्दै

Banner

चितवन, जेठ १९-

भरतपुर महानगरपालिका–१३ का विष्णुबाबु देवकोटाको ‘तस्विर’ लाखौ पटक हेरिएको छ ।

नेपाली साहित्यको मुक्तक एवम् गीतलेखनमा अव्वल देवकोटाको व्यक्तिगत तस्विर भने हेरिएको हैन । सयौँ गीत लेखिसकेका देवकोटाको शब्द रचना रहेको उक्त ‘तस्विर’ बोलको गीतको भिडियो लाखौं पटक हेरिएको होे ।

भर्खरै युट्युब च्यानलबाट सार्वजनिक गरिएको उक्त गीत छोटो समयमानै स्रोता दर्शकमाझ अत्यन्त लोकप्रिय बनेको छ । भर्खरै सम्पन्न द भ्वाइस अफ नेपाल रियलिटी शो मा निर्णायक समेत भूमिका सम्पन्न गरिसकेका गायक सनुप पौडेल तथा गायिका नीशा कँडेलको स्वरमा सजिएको उक्त गीतको भिडियो लाखौं पटक हेरिएको हो ।

छोटो समयमा नै अत्यधिक रुचाइएको उक्त गीतको भिडियोमा पूजा शर्मा र आकाश श्रेष्ठको अभिनय देख्न सकिन्छ । थोरै शंका, थोरै अविस्वास तर धेरै माया र भरोषा मिसिएको उक्त गीतमा छिट्टै बाजा बजाएर बिहे गर्ने कुरा गर्दै पूजा र आकाश रोमान्स गरिरहेको देखिन्छन् । संगीतकार टीका दाहालकोे सुमधुर संगीत तथा वरिष्ठ संगीत संयोजक राहुल प्रधानको एरेन्ज रहेको उक्त गीतलाई निकेश खड्काले निर्देशन गरेका हुन् । गायिका नीशा कँडेलको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरिएको उक्त भिडियोमा केबीए ग्लोबल एजुकेशन एण्ड माइग्रेसन कन्सल्टेन्सीको प्रस्तुति रहेको छ ।

गीतकार देवकोटाका यसअघि पनि दर्जनौं गीतहरु बजारमा आइसकेका छन् । उनको आफ्नै एल्बम ‘रित्तो याद’ अत्यधिक रुचाइएको एल्बम हो । यसअघिका गीतलाई पनि दर्शक तथा स्रोताहरुले माया गरेको बताउँदै यो गीतलाई पनि दर्शक र स्रोताहरुले मन पराउनेमा देवकोटा विश्वस्त छन् । देवकोटाका अनुसार गीतले प्रेमी प्रेमिकाबीचको प्रेमिल कुराहरुलाई सरल तथा सरस किसिमले शब्दमा उतार्ने प्रयास गरिएको छ, यसैकारण पनि यो गीत युवा पुस्तामा बढी रुचाइन्छ । गीतकार देवकोटा स्वरसम्राट नायरायण गोपालको भेटिएको पछिल्लो संगीतमा शब्द भर्ने गीतकार पनि हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>