चितवन विशेष

कांग्रेसको स्वास्थ्य विभागद्वारा पिप्लेमा स्वास्थ्य शिविर

Banner

चितवन, जेठ १८–

नेपाली कांग्रेस चितवनको स्वास्थ्य विभागले राप्ती–२ पिप्लेमा निःशुल्क स्वास्थ्य शिविर गरेको छ ।

सो शिविरमा नाक, कान घाटी, दाँत, आँखा, बालरोग, हाडजोर्नी, स्त्री रोगका बिरामीले स्वास्थ्य परीक्षण गराएका थिए । शिविरमा वीपी मेमोरियल क्यान्सर अस्पताल, भरतपुर सेन्ट्रल अस्पताल, एपोलो डेण्टल, भरतपुर आँखा अस्पताल, जुटपानी स्वास्थ्य चौकीका चिकित्सकले बिरामीको स्वास्थ्य जाँचेका थिए ।

शिविरमा १ हजार बढीले लाभ लिएको शिविरका संयोजक डा. अनिलविक्रम कार्कीले जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथि जीतनारायण श्रेष्ठले नियमित स्वास्थ्य जाँच गर्न प्रोत्साहन दिन शिविर सफल भएको बताए । “स्वास्थ्य पहुँच पुर्‍याउन शिविर गाउँ केन्द्रीत गर्ने अभियानमा छौँ”, उनले भने, “बेलैमा उपचार पाउने वातावरण राज्यले दिनुपर्छ ।” सो अवसरमा बिरामीलाई निःशुल्क औषधि समेत वितरण गरिएको थियो । कार्यक्रम स्वास्थ्य विभागका संयोजक दिनेश अधिकारीको अध्यक्षतामा भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>