चितवन विशेष

चितवनमा आजदेखि राष्ट्रिय परिचयपत्र वितरणको काम सुरु

Banner

चितवन, जेठ १–

चितवनमा आजदेखि राष्ट्रिय परिचयपत्रको काम सुरु हुने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले चितवन सहित १५ जिल्लामा आजदेखि राष्ट्रिय परिचयपत्रको काम सुरु गर्ने भएको हो ।

विभागले मंगलबार चितवनको सौराहामा आयोजना गरेको सरोकारवालासँगको छलफल कार्यक्रममा विभागका महानिर्देशक दीपक काफ्लेले सबै नेपालीको जानकारी राख्ने गरी आगामी तीन वर्ष भित्रमा ७७ वटै जिल्लाबाट राष्ट्रिय परिचय पत्र वितरण गरिने बताए । विश्वमा आएको प्रविधिको प्रयोग गर्दै बायो मेट्रिक पद्धतीमा विवरण राखिने भएकाले त्यहाँ नेपालमा जन्मिने सबै विदेशी नागरिकको समेत आद्यावधिक गर्नुपर्ने काफ्लेले बताए । विभागले प्रदेश नम्बर ३ का तीन जिल्ला तथा अन्य प्रदेशका दुई÷दुई वटा जिल्लामा आजदेखि कर्मचारी खटाएर राष्ट्रिय परिचयपत्रको काम सुरु गर्दैछ ।

पहिलो चरणमा पाँचथर र सिंहदरबारबाट परिचय वितरणको काम थालेको विभागले दोस्रो चरणमा प्रदेश १ को झापा, शंखुवासभा, प्रदेश २ को सप्तरी, महोत्तरी, प्रदेश ३ को ललितपुर, चितवन र रसुवामा आजदेखि परिचयपत्रको काम थाल्दैछ । त्यस्तै, गण्डकी प्रदेशको तनहूँ, स्याङ्जा, प्रदेश ५ को गुल्मी, कपिलबस्तु, कर्णाली प्रदेशको सल्यान, जुम्ला तथा सूदुर पश्चिम प्रदेशको अछाम र कञ्चनपुरबाट आजदेखि परिचयपत्रको दर्ता गर्ने काम सुरु गर्दैछ । विभागले तेस्रो चरणमा २५ जिल्ला र बाँकी जिल्लामा चौथो चरणमा काम थालिने काफ्लेले बताए ।
जिल्ला प्रशासन कार्यालयमा इकाई राखेर राष्ट्रिय परिचयपत्रका लागि ६ जना कर्मचारी खटाइने विभागका निर्देशक जनकराज भट्टले बताए । इकाईमा केन्द्रबाट तीन जना तथा स्थानीय स्तरबाट तीन जना कर्मचारी खटाइने भट्टको भनाइ छ । सबै नेपालीको जानकारी राख्ने गरी परिचयपत्र निर्माण नभएकाले विभागले व्यवस्थित प्रणाली निर्माण गरिरहेको बताए ।

‘राष्ट्रिय परिचयपत्रमा सबै नेपालीको विवरणहरु एकै ठाउँबाट प्राप्त हुन्छ’ भट्टले भने, –‘प्रणाली सुरु गर्दा मुलुकको स्रोत साधन खर्च हुने भएपनि भविष्यमा फाइदा पुग्छ ।’ बायो मेट्रिक पद्धतीमा सबै नेपालीको विवरण राखिने भट्टको भनाइ छ । बायो मेट्रिक पद्धतीमा व्यक्तिको १० औँलाको छाप, रेटिना, मुहार र डिजिटल हस्ताक्षर राखिने भट्टले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>