चितवन विशेष

नारायणगढमा हङ्ग्री टम रेष्टुरेन्ट सञ्चालन

Banner

चितवन, जेठ १–

गैँडाकोटका तीन जना युवाले नारायणगढको पुलचोकमा हंग्री टम रेष्टुरेन्ट एण्ड क्याफे सञ्चालनमा ल्याएका छन् । आठ वर्ष अष्ट्रेलीया बसेर फर्किएका विमल रिजाल, तीन वर्ष मलेसियामा बसेर फर्किएका जीवन रिजाल र १५ वर्षदेखि स्वदेशमा नै होटल व्यवसाय गर्दै आएका अर्जुन रिजालले पुलचोकको भगवती मार्गमा क्याफे सञ्चालनमा ल्याएका हुन् ।

विदेशमा सिकेको सीपलाई स्वदेशमा नै सदुपयोग गर्दै म्युजिक बार सहितको सबै परिकार पाउनेगरि क्याफे सञ्चालन गरिएको सञ्चालक विमल रिजालले जानकारी दिए । अर्का सञ्चालक अर्जुन रिजालले क्याफेमा करिब एक करोड रुपैयाँ लगानी भएको बताए । क्याफे उद्घाटनको अवसरमा एक हप्तासम्म २० प्रतिशत तथा त्यसपछि एक महिनाभरि १० प्रतिशत छुटको व्यवस्था गरिएको रिजालले बताए ।
नेपाली, चाइनीज, इटालीयनलगायत ब्राण्ड युक्त सेवा उपलब्ध रहेको र हरेक हप्ताको शुक्रबार र शनिबार क्याफेमा लाइभ म्युजिक गरिने रिजालको भनाइ छ । समाजमा हुने हरेक गतिविधिहरु जस्तै बर्थ डे सेलिब्रेशन, पार्टी सेलिब्रेशनलगायतका कार्यक्रम सञ्चालन गर्न सकिने र एक पटकमा एक सय जनालाई सेवा प्रदान गर्न सकिने जनाइएको छ । रेष्टुरेण्टमा १५ जनासम्म बस्न मिल्ने भिआईपी कक्ष र सुविधा सम्पन्न खुल्ला किचन रहेको र २० जनाले प्रत्यक्ष रोजगार पाएको जनाइएको छ ।

क्याफेको उद्घाटन गर्दै होटल व्यवसायी संघ चितवनकी अध्यक्ष शर्मिला न्यौपानेले विदेश नगई स्वदेशमा नै केही गर्नुपर्छ भन्ने रिजाल दाजुभाइ उदाहरणीय पात्र भएको बताइन् । सेवाग्राहीको स्वास्थ्यमा ध्यान दिँदै सेवा सञ्चालन गर्न न्यौपानेले आग्रह गरिन् । वडा प्रहरी कार्यालय नारायणगढका प्रमुख प्रहरी निरीक्षक रामप्रसाद गौतमले मर्यादितरुपमा व्यवसाय गर्न आग्रह गर्दै स्वदेशमा नै थप युवाहरुलाई रोजगार दिन सफल भएकोमा बधाई ज्ञापन गरिन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>