क्रिकेट

सन्दीपले आईपीएलबाट ५५ लाख रुपैयाँ पाउने

०
Banner

काठमाडौं, वैशाख ३१–

इन्डियन प्रिमियर लिगमा पहिलो पटक तेस्रो स्थान हासिल गरेको दिल्ली क्यापिटल्सबाट नेपाली बलर सन्दीप लामिछानेले यो सिजन झण्डै ५५ लाख रुपैयाँ पाउने भएका छन् ।

दिल्लीले तेस्रो भएवापत ६ दशलमव ४ करोड भारतीय रुपैयाँमा आइपीएलको नियम अनुसार ५० प्रतिशत रकम खेलाडीलाई दिनुपर्ने हुन्छ । त्यस अनुसार दिल्लीले टिममा रहेको २५ खेलाडीलाई बराबर रकम दिँदा एक जनाले १२ लाख ८० हजार भारतीय रुपैयाँ पाउँछन् । त्यसलाई नेपालीमा ढाल्दा साढे २० लाख रुपैयाँ हुन आउछ ।

त्यसपछि सन्दीपले एक खेलमा स्टाइलिस खेलाडीको उपाधि जितेका थिए । पञ्जाव विरुद्ध तीन विकेट लिएका कारण उनले सो उपाधि जितेका थिए । सो उपाधिसँगै उनले एक लाख भारतीय रुपैयाँ हात पारेका थिए । त्यसपछि यो सिजन आइपीएल खेलेवाफत सन्दीपले २० लाख पाउने यसअघि नै पक्का भइसकेको थियो ।

यसको अर्थ उनले दिल्लीबाट यो सिजनमा झण्डै ५५ लाख रुपैयाँ पाउने भएका हुन् । लगातार दोस्रो सिजन आइपीएल खेलेका सन्दिपले ६ खेलमा ८ विकेट लिएका थिए । सुरुवाती दुई खेलमा बेन्चमा बसेको सन्दीपले त्यसपछि लगातार चार खेल खेलको थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>