चितवन विशेष
संचारकर्मी तथा गायक श्रेष्ट भन्छन्ः बिग्रियो देश (भिडियोसहित)
०

चितवन, वैशाख ३१–
संचारकर्मी एवंम गायक राजु श्रेष्ठले ‘बिग्रियो देश..’ बोलको नयाँ गीत बजारमा ल्याएका छन् । गीतमा देशको समसामयिक विषय वस्तुलाई उठान गरिएको छ । योग्यता पुग्दा पनि जागिर खान नपाईने, पहुँचको आधारमा जागिरे बन्ने जस्ता विषयलाई गीतमा उठान गरिएको छ ।
गीतमा राजु श्रेष्ठको अलवा गोविन्द बिसी, अर्जुन पुलामी मगर, हिमकुमार थापा, रोशन राना, पदम पुलामी मगर, नजर सुवेदी, तुलसी घर्ती, करुणा रिजालको स्वर रहेको छ । गोविन्द बिसीकै शब्द र संगीत रहेको यस गीतको भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका छन् ।
राजेश घिमिरेले छायाँकन गरेको भिडियोलाई विष्णु शर्माले सम्पादन गरेका छन् । भिडियोमा राजु श्रेष्ठ, करुणा रिजाल, कृष्ण कुँवर, रमेश श्रेष्ठलगायतको अभिनय रहेको छ ।