राजनीति

मोदीविरूद्ध लड्न नपाएपछि तेजबहादुर गए सर्वोच्च

Banner

छिमेकी भारतमा अहिले संसदीय चुनाव चलिरहेको छ। अप्रिल ११बाट सुरू भएको मतदान विभिन्न चरणमा गरी मे १९मा सकिनेछ।

यही चुनावमा उम्मेदवार हुन नपाएको भन्दै एक भारतीय सर्वोच्च अदालत गएका छन्। तेजबहादुर नाम ती पूर्वप्रहरी प्रधानमन्त्री नरेन्द्र मोदीविरूद्ध चुनाव लड्न चाहन्छन्। तर प्रहरीबाट २ वर्षअघि बर्खास्तीमा परेका उनको उम्मेदवारी उत्तर प्रदेशको वनारस क्षेत्रका मुख्य निर्वाचन अधिकृतले अस्वीकार गरिदिएका छन्।

तेजबहादुर भारतीय सीमा सुरक्षा बलमा कार्यरत थिए। त्यही क्रममा सन् २०१७ मा उनले प्रहरीलाई रासनको गुणस्तरबारे प्रश्न गर्दै एउटा भिडिओ सामाजिक सञ्जालमा राखे। त्यसपछि अनुशासनहीन काम गरेको भन्दै उनलाई सरकारी जागिरबाट निकालियो। मोदी प्रधानमन्त्री भएका बेला आफूलाई जागिरबाट निकालिएको बदला लिन उनी मोदीकै क्षेत्रमा चुनाव लड्न खोज्दैछन्।

गत अप्रिल २४ मा उनले पहिलो पटक  उम्मेदवारी दिएका थिए। उम्मेद्वारी फारामको तपाईं कुनै सरकारी जागिर वा पदबाट भ्रष्टाचार र गद्दारीको अभियोगमा निकालेको त होइन? भन्ने प्रश्नको उत्तरमा हो भनेर टिक लगाएका थिए। त्यस्ता व्यक्तिको उम्मेदवारी दर्ता नगर्न नमिल्ने भन्दै निर्वाचन कार्यालयले उनको उम्मेदवारी दर्ता गरेन।

अर्को पटक उनी समाजवादी पार्टीको तर्फबाट उम्मेद्वार बने तर तेजबहादुर जागिरबाट निकालिएका उनले निर्वाचन आयोगबाट नो अब्जेक्सन सर्टिफिकेट ल्याउनु पर्ने भन्दै दर्ता भएन।

त्यसपछि तेजबहादुर सर्वोच्च अदालत गएका छन्। उनका विषयमा के भएको भन्नेबारे स्पष्टिकरण दिन बिहीबारसम्मको म्याद दिएको छ।

सर्वोच्चमा तेजबहादुरले आफू भ्रष्टाचार र गद्दारी गरेर नभई  अनुशासन पालना नगरेकाले निकालिएकाले निर्वाचन आयोगबाट नो अब्जेक्सन सर्टिफिकेट ल्याउनु नपर्ने दाबी गरेका छन्।

१८ लाख मतदाता रहेको बनारसमा मे १९ मा चुनाव हुँदैछ। प्रधानमन्त्री मोदी दोस्रो पटक बनारसबाट उम्मेद्वार बनेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>