प्रदेश १

आँधी प्रभावितलाई सहयोग, प्रतिपरिवार एउटा कम्बल र डेक्ची वितरण

Banner

२५ वैशाख, वीरगञ्ज

आँधी प्रभावित बाराको फेटा गाउँपालिका-१ टोल भरवलीया कम्बल र भाँडा वितरण गरिएको छ । एआईपीपी थाइल्याण्डको सहयोगमा राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ बुद्धनगर काठमाडौंकोले राहत वितरण गरेको हो ।

आँधी प्रभावित ४ सय परिवारलाई प्रतिपरिवार एउटा कम्बल र डेक्ची वितरण गरिएको राष्ट्रिय आदिवासी जनजाति महिला महासंघकी अध्यक्ष चिनिमाया माझीले जानकारी दिइन् ।

उनले हावाहुरीले घरबारबिहीन बनेका र आफन्त गुमाएकालाई सबैले सहानुभूति र सहयोग गर्नुपर्ने बताइन् ।

नेपाल आदीवासी जनजाती महासंघ परिषद प्रदेश २ का वरिष्ठ उपाध्यक्ष कमलबहादुर पिठाकोठे मगर, नेपाल पत्रकार महासंघ प्रदेश २ का सदस्य जगत राईलगायतको टोली राहत वितरणका लागि भरवलिया पुगेका थिए । राहत लिन आएका हावाहुरी प्रभावितले भने राहत वितरणमा राजनीति भएको गुनासो गरेका थिए ।

उनीहरुले राहत वितरण गर्दा समन्वय कर्ता र जनप्रतिनीधिहरुले वास्तविक प्रभावितलाई नभइ आसेपासेलाई बढी राहत वितरण गरिएको आरोप लगाएका छन् ।

चैत १७ गते आएको हावाहुरीबाट बारा र पर्सा जिल्लामा २९ जनाको मृत्यु भएको थियो भने १४ सय ५३ जनाको घर पूर्णरुपमा क्षति भएको प्रारम्भिक तथ्याङक छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>