प्रदेश १

सुन्तलीलाई ७४ वर्षमा नागरिकता, मतदाता नामावली संकलन

Banner

२५ वैशाख, गुल्मी

गुल्मीमा ७४ वर्षीया सुन्तलीले नागरिता पाएकी छन् । मालिका गाउँपालिका-२ छापहिलो निवासी बस्नेतले जिल्ला प्रशासन कार्यालय गुल्मीले अर्खाबाङमा सञ्चालन गरेको एकीकृत घुम्ती शिविरबाट नागरिता लिएकी हुन् ।

बस्नेतलाई गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेल, गाउँपालिका अध्यक्ष रितबहादुर थापालगायतले संयुक्तरुपमा नागरिकता हस्तान्तरण गरे । नागरिता लिन उनका श्रीमान इन्द्रबहादुर बस्नेतले सनाखत गरेका थिए । नागरिता पाएपछि बस्नेतले खुसी व्यक्त गरेकी छन् ।

नागरिता नहुँदा उनले बृद्धभत्तासमेत लिनबाट बञ्चित थिइन् । सदरमुकामसम्म बिबिध कारणले पुग्न नसकेको र घर नजिकै शिविर सञ्चालन भएपछि नागरिता लिएको उनले बताइन् ।

एकीकृत घुम्ती शिविरबाट गाउँमै सेवा पाउँदा सदरमुकाम आउन नसक्ने र तम्घास आएर नागरिता बनाउँदा लाग्ने खर्चसमेत बचत भएको भन्दै स्थानीय खुसी भएका छन् ।

मालिका गाउँपालिकाका ३ वटा स्थानमा एकीकृत घुम्ती शिबिर राखिएको थियो । मंगलवारबाट सुरु गरिएको घुम्ती शिबिरमा मालिका गाउँपालिकाको दलिङ्गमा १७३ जनाले नागरिता लिएको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेयले बताए । बुधवार ९६ जनाले नागरिता लिएका छन् ।

जिल्ला प्रशासन कार्यालय गुल्मीले कालिगण्डकी गाउँपालिका पुर्तिघाट,चन्द्रकोट गाउँपालिका शान्तिपुर, मदाने गाउँपालिका पुर्कोटदहमा यसअघि एकीकृत घुम्ती शिविर सञ्चालन गरिसकेको छ ।

शिविरमा फोटोसहितको मतदाता नामावली संकलनलगायत अन्य कार्यालयबाट प्रवाह गरिने सेवाहरु पनि दिइएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>