मध्य नेपाल

इटालीको कोकुलो गाउँमा अनौठो सर्प उत्सव

Banner

शुक्रबार, वैशाख २०, २०७६

 

संसारभर मानिसहरु आफ्नै तवर तरिकाले चाड, पर्व तथा उत्सव मनाउँछन्।

तीमध्ये इटालीको कोकुलो गाउँमा प्रत्येक वर्ष सर्प उत्सव मनाइन्छ। जुन निकै आश्चर्यजनक र रोचक मानिन्छ।

प्रत्येक मे १ तारिखमा कोकुलो बासीहरु सर्पको पर्व मनाउँछन्। यस पर्वलाई उनीहरु उल्लासमय ढंगबाट लिने गर्दछन्।

A faithful in traditional clothing carries a snake to place on the statue of Saint Domenico during an annual procession in the streets of Cocullo

यस उत्सव तथा पर्व मनाउनुमा यिनीहरुको आफ्नै छुट्टै लामो इतिहास छ।

सान डोमिनिको डि सोरा भन्ने व्यक्तिले किसानका खेतबाट सर्पहरु दैवी शक्तिको प्रयोगबाट हटाइदिएको उनीहरुको भनाइ छ। जसले किसानलाई खेतमा काम गर्न सजिलो भएको विश्वास छ।

कसैले सर्प भगवान एन्गिसियालाई पुजागर्न सर्पको पर्व मनाउने गरिएको बताउँछन्। मानिसहरु ४ प्रकारका विष विहिन सर्प लिएर यस पर्वमा सामेल हुन्छन्। पुजा गर्छन्।

यस पर्व सकिएपछि भने सर्पलाई जंगलमा छाडिने बताइएको छ। एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>