प्रचलन

रत्नपार्कको जग्गा सुटुक्क मेयर निकटलाई

Banner

वैशाख १९

खुलामञ्चमा सटर बनाएर बेचेको काण्ड नसेलाउँदै रत्नपार्कको जग्गा कानून विपरित व्यक्तिलाई प्रयोग गर्न दिएको तथ्य फेला परेको छ ।

खुलामञ्च र रत्नपार्कबीचको दुईमाजु मन्दिरको जग्गा गुठी संस्थानले व्यावसायीक प्रयोजनका लागि अनधिकृत रुपमा भाडामा लगाएको पाइएको हो । गुठी संस्थानले भीमसेन गाउँपालिका- २, गोरखा (हाल तीनकुने काठमाडौं)की अमृता भट्टराईलाई २०७५ मंसिर ९ गते भाडामा दिएको हो ।
एक रोपनी भन्दा बढी क्षेत्रफलको यो जग्गा पाँच वर्षका लागि दिइएको हो । पाँच वर्षपछि अवधी थप्न सकिने सम्झौतामा उल्लेख छ । ‘दुवै पक्षको सहमतिमा सम्झौता अवधी थप गर्न सकिनेछ’, सम्झौतापत्रमा लेखिएको छ ।
विना टेन्डर सुटुक्क

गुठी संस्थानले माथिको आदेश भन्दै व्यावसाय सञ्चालनका लागि जग्गा दिएको देखिन्छ । सम्झौतापत्रमा ‘सामान्य व्यावसाय सञ्चालन’ गर्न पाउने उल्लेख छ ।

सार्वजनिक खरिद ऐन अनुसार टेन्डर नगरी खरिदबिक्री वा जग्गा भाडामा लगाउनु आर्थिक अपराध हो । संस्थानका प्रवक्ता सरोज थपलियाले मन्दिर रेखदेख गरिरहेकी भट्टराईलाई तलब वृद्धिको सट्टा जग्गा भाडामा दिएको बताए ।

‘तलब वृद्धिको कुरा चलिरहेको बेला उहाँले तलब बढाउनु पर्दैन, जग्गा भाडामा दिए हुन्छ भनेपछि दिने निर्णय भएको हो’, थपलियाले अनलाइनखबरसँग भने, ‘त्यसकारण बोलपत्र आहृवान गरिएन ।’
भट्टराईको मेयर कनेक्सन

मुलुकी देवानी (संहिता) ऐन, २०७४ अन्तर्गत सरकारी, सार्वजनिक तथा सामुदायिक सम्पत्ति सम्बन्धी व्यवस्था अनुसार सरकारी तथा सार्वजनिक सम्पत्ति संरक्षण गर्ने जिम्मेवारी जिल्ला प्रशासन कार्यालय र सम्बन्धीत स्थानीय सरकारहरूको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>