राजनीति

सरकारले दुई तिहाई जनमतको दुरुपयोग गर्‍यो : नेता महतो

Banner

काठमाडौं– राष्ट्रिय जनता पार्टी नेपालका नेता राजेन्द्र महतोले सरकारविरुद्ध आन्दोलन गर्नुको विकल्प नरहेको दावी गरेका छन् ।

नेता महतोले सरकारले दुई तिहाई जनमतको दुरुपयोग गरेकाले पनि सरकारविरुद्ध आन्दोलनमा जाने निर्णय लिनु परेको पनि स्पष्ट पारे । शुक्रबार काठमाडौंमा आयोजित ११ विद्यार्थी संगठनको एक कार्यक्रममा बोल्दै उनले सरकारविरुद्धको आन्दोलनमा होमिन सबै विद्यार्थी संगठनहरुलाई पनि आह्वान गरे ।

नेता महतोले आन्दोलन गर्दा रेशम चौधरीलाई सरकारले जन्मकैदको सजाय दिने काम गरेको भन्दै आक्रोश पनि व्यक्त गरे ।

नेता महतोले प्रधानमन्त्री केपी शर्मा ओलीले सिके राउतलाई आफ्नो दूत बनाएर मधेशमा पठाएको आरोप पनि लगाए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>