खेलकुद

युरोपा लिग : आर्सनल र चेल्सीको जीत

Banner

काठमाडौं- युरोपा लिगको पहिलो क्वाटरफाइनलको पहिलो लेगमा इंग्लिस क्लब आर्सनलले इटालीयन क्लब नेपालीमाथि जीत हात पारेको छ । आर्सनलले घरेलु मैदानमा पाहुना टोली नेपोलीमाथि २-० गोलको जीत हात पार्यो ।

खेलमा आक्रामक देखिएको आर्सनलले नेपोलीविरुद्ध १५ औं मिनेटमा गोल गर्दे अग्रता लिएको थियो । आर्सनका लागि आरोन राम्सेले पहिलो गोल गरे । त्यस्तै, पहिलो हाफमा थप गरीएको समयमा आर्सनलका खेलाडीले प्रहार गरेको बल नेपोलीका कलिदोउ कोउलिबाल्यको खुट्टामा लागेपछि आर्सनलले दोस्रो गोल उपहार पाएको थियो ।

कलिदोउ कोउलिबाल्यले खेलको ४७ औं मिनेटमा आत्मघाती गोल गरेपछि आर्सनलले २-० गोलको जीत हात पारेको थियो ।

यस्तै, युरोपा लिगकै अर्को खेलमा क्वाटरफाइनलको पहिलो लेगमा चेल्सीले सेभिया पराग्ऐलाई पराजित गरेको छ । बिहीबार राति भएको खेलमा चेल्सीले सेभियालाई १-० गोल अन्तरले पराजित गरेको हो । चेल्सीका लागि मार्कस एलिन्सोले गोल गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>