पत्रपत्रीका बिशेष

क्याम्पसको रकम हिनामिना गरी फरार अभियुक्त पक्राउ

Banner

बाँके– एक वर्ष अघि बर्दियाको बारबर्दिया नगरपालिकाको सदाशिव बहुमुखी क्याम्पसको रकम हिनामिना गरेर फरार रहेका पूर्व लेखापाल पक्राउ परेका छन् ।

क्याम्पसको रकम हिनामिना गरी फरार रहेका बारबर्दिया नगरपालिका वडा नम्बर ६ का जग्गुलाल चौधरीलाई जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको टोलीले पक्राउ गरेको हो । उनलाई नेपालगन्जस्थित धम्बोजीमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियका प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्र प्रसाद मैनालीले बताए ।

लेखापाल चौधरीलाई क्याम्पसको १ लाख ४७ हजार ९ सय ८८ रुपैयाँ हिनामिना गरेको आरोपमा जिल्ला अदालत बर्दियाले रकम असुल गरी क्याम्पसलाई बुझाउन फैसला गरेको थियो ।

२०७४ साल चैत ७ गते उनलाई उक्त रकम असुल गरी क्याम्पसलाई बुझाउन अदालतले फैसला गरेको थियो । अदालतको फैसला पछि चौधरी फरार थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>