पत्रपत्रीका बिशेष

१३ सय २५ लिटर घरेलु मदिरा नष्ट

Banner

स्याङ्जा– जिल्ला प्रहरी कार्यालय स्याङ्जाले अबैधरुपमा उत्पादन गरिएको १३ सय २५ लिटर घरेलु मदिरा नियन्त्रणमा लिएर नष्ट गरेको छ । प्रहरीले साउनयता जिल्लाका विभिन्न ठाँउबाट मदिरा उत्पादनका लागि चाहिने कच्चा पदार्थ ८५६ लिटर र घरेलु मदिरा १३ सय २५ लिटर नियन्त्रणमा लिएर नष्ट गरेको जानकारी दिएको हो ।

घरेलु मदिराका कारण समाजको शान्तिसुरक्षा चुनौती बन्दै गएको भन्दै प्रहरीले जिल्लाभर मदिरा नियन्त्रणमा सक्रियता देखाएको छ । जिल्ला प्रहरी कार्यालयको मातहतमा रहेका प्रहरी ईकाईमार्फत ११ ओटा स्थानीयतहमा प्रहरीले अबैध रुपमा घरेलु मदिरा उत्पादन तथता बिक्रीमा रोक लगाएको हो ।

प्रहरीले गत साउनबाट मदिरा नियन्त्रणको अभियानलाई तीव्रता दिएको छ । बुधबार मात्रै वडा प्रहरी कार्यालय वालिङले विभिन्न ठाँउबाट बिक्रीका लागि राखिएकोे करिव ३ सय १० लिटर घरेलु मदिरा नियन्त्रणमा लिएर जनप्रतिनिधि, नागरिक समाज, पत्रकार हितको रोहबरमा नष्ट गरिएको प्रहरी निरिक्षक शंकर आचार्यले जानकारी दिए ।

जिल्लाको वालिङ, गल्याङ आसपासका क्षेत्रमा पाल्पाको अगाहखोलाबाट घरेलु मदिरा भित्रिने गरेको प्रहरीले जनाएको छ । अबैध घरेलु मदिरा उत्पादन गर्ने क्षेत्रको पहिचान गर्न प्रहरीले केही सादा पोषाकमा समेत प्रहरी परिचालन गरेको जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>