समाचार

पूर्व राजा ज्ञानेन्द्रको गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु

Banner

उर्लाबारी– पूर्व राजा ज्ञानेन्द्र शाहलाई विराटनगर विमानस्थल पुर्‍याएर फर्किएको गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

मोरङको सुन्दरहरैँचा नगरपालिका–४ स्थित पूर्वपश्चिम राजमार्गमा पूर्व राजा ज्ञानेन्द्रलाई विमानस्थल पुर्‍याएर फर्किएको गाडीको ठक्करबाट मोटरसाइकलमा सवार एक युवकको मृत्यु भएको हो। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा३च ७९६२ नम्बरको गाडीले विपरीत दिशाबाट आउँदै गरेको को १५ प ९९७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

गाडीको ठक्करबाट मोटरसाइकल चालक इटहरी उपमहानगरपालिका–८ बस्ने २२ वर्षीय प्रकाश चौधरी र पछाडि सवार २२ वर्षकै हेम चौधरी गम्भीर घाइते भई उपचारका लागि नोबेल अस्पताल विराटनगर लगिएको थियो । उपचारको क्रममा मोटरसाइकल पछाडि सवार हेम चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।

मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ भने ठक्कर दिने कार र चालकलाई प्रहरीले नियन्त्रण लिएको छ । पूर्व राजा ज्ञानेन्द्रले गत महिना पूर्वका विभिन्न जिल्लाहरुको भ्रमणका क्रममा यही गाडीको प्रयोग गरेका थिए भने पूर्व गएको समयमा यही गाडीको प्रयोग गर्दै आएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>