अन्तर्राष्ट्रिय

तिब्बती धर्म गुरु दलाइ लामा अस्पताल भर्ना

Banner

काठमाडौं– तिब्बती धर्म गुरु दलाइ लामा अस्पताल भर्ना भएका छन् । छातीमा संक्रमण देखिए पछि लामा भारतको दिल्लीस्थित अस्पतालमा भर्ना भएका हुन् ।

अस्पताल भर्ना पछि लामाको अवस्था सुधारोन्मुख रहेको उनका निजी सचिव तेन्जिन ताखाले जनाएका छन् ।

समाचार संस्था रोयटर्सका अनुसार लामा मंगलबार विहान दिल्लीस्थित एक अस्पतालमा भर्ना भएका थिए ।

चिनियाँ शासनविरुद्ध संघर्षरत रहेका लामा तिब्बतलाई चीनले अधिनस्तमा लिएपछि भारत निर्वासित भएका थिए । त्यसयता उनी भारतमै बस्दै आएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>