अन्तर्राष्ट्रिय

दादुराको प्रकोप देखिएपछि अमेरिकाको न्यूयोर्क शहरमा संकटकाल घोषणा

Banner

अमेरिका–अमेरिकाको न्यूयोर्क शहरमा दादुराको प्रकोप देखिएपछि संकटकालको घोषणा गरिएको छ ।

न्यूयोर्क शहरको ब्रुकलिन भन्ने क्षेत्रमा बहुसङ्ख्यक पुरातनवादी अर्थोडक्स यहुदी धर्मावलम्बीका बालबालिकामा दादुराको प्रकोप देखिएपछि शहरमा संकटकाल घोषणा गरिएको हो ।

शहरका मेयर बिल डे ब्लासियोले पत्रकार सम्मेलन गर्दै शहरमा स्वास्थ्य संकटको घोषणा गरिएको जनाएका हुन् ।

अर्थोडक्स यहुदी धर्मावलम्बीले धार्मिक कारणले गर्दा आफ्ना सन्तानलाई खोप नलगाउने गरेको बताइन्छ । शहरको ब्रुकलिन क्षेत्रको विलियम्सबर्ग नामक स्थानमा गत अक्टोबरयता दादुराका २ सय ८५ बिमारी भेटिएको मेयर डे ब्लासियोको भनाइ छ ।

पछिल्ला केही महिनायता अमेरिकाका १९ राज्यमा सयौँको सङ्ख्यामा दादुराको प्रकोप देखिएको बताइन्छ । अमेरिकाले तीब्र गतिमा खोप कार्यक्रम सञ्चालन गरी सन् २००० मा दादुरा उन्मुलनको घोषणा गरेको थियो ।

तर, पछिल्ला केही वर्षयता खोपबारे गलत सूचना र धार्मिकलगायतका कारणले आफ्ना बालबालिकालाई खोप नलगाउने दर बढ्दै गएकाले दादुरा लगायतका रोगको प्रकोप बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>