खेलकुद

पोर्टोमाथि लिभरपुलको जीत, मिडफिल्डले राम्रो खेलेको प्रशिक्षक क्लोपको दावी

Banner

एजेन्सी- युइएफए च्याम्पियन्स लिगको क्वाटर फाइनलको पहिलो लेगमा लिभरपुलले एफसी पोर्टोलाई पराजित गरेको छ । एनफिल्डमा भएको खेलमा पार्टोविरुद्ध लिभरपुलले १-० को संघर्षपूर्ण जीत हात पारेको हो ।

खेलको शुरुवाती अग्रता लिएको लिभरपुलका लागि नावेय केइटाले र रोवोर्टो फिरमिन्होले गोल गरे । केइटाले खेलको ५ औं मिनेटमा गोल गर्दै टिमलाई १-० को अग्रता दिलाए भने खेलको २६ औं मिनेटमा गोल गर्दै फिरमीनोले टिमलाई २-० को अग्रता दिलाएका थिए । उनको गोल नै लिभरपुलका लागि निर्णायक गोल बन्यो । पोर्टोले दोस्रो हाफमा लिभरपुलसँग रक्षात्मक खेलेपनि गोल फर्काउन नसकेपछि २-० ले पराजित भयो ।

पहिलो लेगमा जीत हात पारेपछि लिभरपुलका प्रशिक्षक योर्गन क्लोपले आफ्नो टिमको मिडफिल्ड सन्त्लित रहेको प्रतिक्रिया दिएका छन् । उनले भने, ‘हामी एकदमै खुसी छौं । यो पहिलो लेग हो । यो जितले दोस्रो लेगका लागि मोटिभेसन गर्छ । हामीले मैदानमा धेरै समय बल आफ्नो पक्षमा राख्न सफल भयौं ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>