देश/प्रदेश

जीप भेरी नदी बगरमा खस्यो, बालकको मृत्यु

Banner

जाजरकोट– जाजरकोट डोल्पा सडकखण्डको दल्ली–तल्लुबगरस्थित नलगाड नगरपालिका–१० को दारीमपाटामा जीप दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ ।

दुर्घटनामा ६ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।  तल्लुबगरबाट जाजरकोट सदरमुकाम खलंगातर्फ आउँदै गरेको ग १ ज ५८१२ नम्बरको जीप सडकबाट ४० मीटर तल भेरी नदी किनाराको बगरमा खसेको हो ।

दुर्घटनामा परी आठबीसकोट नगरपालिका ११ का ४ वर्षीय बालक विवेक नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

चालक राजेन्द्र विक र नलगाड नगरपालिका ११ का २२ वर्षीय तेजबहादुर विकको अवस्था गम्भीर रहेको प्रहरी नायव उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए । उनको जिल्ला अस्पताल जाजरकोट उपचार भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>