राजनीति

सभापति देउवाले अपमान गरे : सिटौला

Banner

काठमाडौं– नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टी सभापति शेरबहादुर देउवाले आफूलाई अपमान गरेको बताएका छन् ।

नेता सिटौलाले पार्टी भित्र विभाग गठनमा समेत भागबन्डा हुने गरेको उल्लेख गर्दै त्यसमा पनि आफूलाई अपमान गर्ने काम भइरहेको बताएका हुन् ।

जनआन्दोलन दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले इमान्दार, सक्षम व्यक्तिहरुलाई किनारामा राखेर आफ्नो पकेटका मान्छेलाई जिम्मेवारी दिने काम पार्टी नेतृत्वले गरेपछि पार्टी भित्र कसरी एकता हुन्छ ? भनि प्रश्न पनि गरेका थिए ।

नेता सिटौलाले यूवाहरु सक्षम र इमान्दार भएपनि पार्टी नेतृत्वले सधैं किनारामा पुर्‍याउने गरेको भन्दै आक्रोश पनि व्यक्त गरे । उनले संवैधानिक आयोगहरुको नियुक्तिमा सरकारले संविधान र कानून मिच्दा पनि त्यसको विरोधमा बोल्न नसकेको भन्दै सभापति देउवाको चर्को आलोचना गरे ।

नेता सिटौलाले पार्टीभित्र योग्यता र क्षमताको आधारमा जिम्मेवारी नदिएकै कारण पार्टी कमजोर अवस्थामा पुगेको पनि स्पष्ट पारे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>