विजनेश

प्राथमिकता प्राप्त क्षेत्रमा समेत वाणिज्य बैंकको कर्जा प्रवाह न्यून

Banner

काठमाडौं– राष्ट्र बैंकले प्राथमिकताप्राप्त क्षेत्रमा कूल कर्जाको निश्चित प्रतिशत अनिवार्य रुपमा लगानी गर्नुपर्ने नियमावलीमै व्यवस्था गरे पनि कार्यान्वयन हुन नसकेको देखिएको छ ।

राष्ट्र बैंकका अनुसार कुल कर्जाको १० प्रतिशत कृषि क्षेत्रमा, १५ प्रतिशत उर्जा र पर्यटनमा लगानी गर्नुपर्ने बाध्यकारी व्यवस्था लागू गरेको थियो । तर केन्द्रीय बैंकका अनुसार देशभरका वाणिज्य बैंकहरुले कृषि क्षेत्रमा ९ दशमलव ९३ प्रतिशत, उर्जा र पर्यटन क्षेत्रमा ८ दशमलव ६१ प्रतिशत मात्रै लगानी गरेका छन् ।

तर कूल कर्जाको ५ प्रतिशत रकम विपन्न वर्गलाई कर्जा दिनुपर्ने व्यवस्था भने कार्यान्वयन भएको देखिएको छ । बैंकका अनुसार वाणिज्य बैंकसहित विकास बैंक र वित्त कम्पनीहरुले प्रवाह गरेको कूल कर्जाको ५ दशमलव ९ प्रतिशत अर्थात् १ खर्ब ६१ अर्ब ३६ करोड रुपैयाँ विपन्न वर्गका लागि कर्जा प्रवाह गरेका छन् ।

राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षमा सहुलियत कर्जा अन्तर्गत कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा १० हजार ४ सय ८४ जना कृषकले सहुलियत कर्जा उपयोग गरेको देखाएको छ ।

१८ अर्ब ६१ करोड सहुलियत कर्जाका रुपमा लगानी गरेका बैंकका लागि केन्द्रीय बैंकले ८८ करोड ७७ लाख व्याज अनुदान प्रदान गरेको जनाएको छ ।

यसैबीच, सबै स्थानीय तहमा अनिवार्य रुपमा वाणिज्य बैंकको शाखा खोेल्नुपर्ने व्यवस्था कायम भएपनि अझै ४९ वटा स्थानीय तहमा बैंकको शाखा खुल्न नसकेको देखिएको छ ।

राष्ट्र बैंकका अनुसार कर्णाली प्रदेशका १६, सुदुरपश्चिम प्रदेशका १० वटा, १ नम्बर प्रदेशका ९ वटा, गण्डकी प्रदेश र २ नम्बर प्रदेशका २ वटा, प्रदेश नम्बर ३ का ६ वटा र ५ नम्बर प्रदेशका २ वटा स्थानीय तहमा बैकका शाखा खुल्न सकेका छैनन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>