खेलकुद
चेल्सीको जीतमा हाजार्ड नायक
०
एजेन्सी– इङ्ग्लीस प्रिमियर लिगमा वेष्टह्यामलाई पराजित गरेको चेल्सी लिगको शीर्ष तेस्रो स्थानमा उक्लिएको छ । सोमबार राति स्टामफोर्डमा भएको खेलमा चेल्सीले वेष्टह्यामलाई २—० गोलले पराजित गरेको हो ।
जीतसँगै चेल्सीले शीर्ष तेस्रो स्थानको टोटह्यामसँग २ अंकको दुरी बनाएको छ । चेल्सीले ३३ खेलबाट ६६ अंक जोड्न सफल भएको छ भने टोटनह्यामको ३२ खेलबाट ६४ अंक छ ।
सोमबार चेल्सीको जीतमा एडेन हाजार्डले उत्कृष्ट प्रदर्शन गरे । उनले खेलमा दुई गोल गर्दै टिमलाई जित दिलाए । हाजार्डले खेलको २४ औँ मिनेटमा पहिलो गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए भने खेलको ९० औं मिनेटमा दोस्रो गोल गर्दै टिमलाई जीत दिलाए ।