खेलकुद

फुटबलका नायक पेले भेट्न अस्पताल पुगे नेयमार

Banner

काठमाडौं- ब्राजिल तथा पेरिस सेन्ट जर्मन (पीएसजी) का स्टार खेलाडी नेयमारले विश्व फुटबलका महान हस्ती पेलेलाई भेटेका छन् । पेलेलाई भेट्न सोमबार नेयमार अस्पताल पुगेका हुन् ।

पेले एक साताअघिदेखि फ्रान्सको पेरिसमा रहेको अमेरिकन अस्पतालमा उपचाररत छन् । मुत्रनलीमा समस्या देखिएका उनको स्वास्थ्यमा सुधार आइरहेको अस्पतालले जनाएको छ ।

७८ वर्षीय पेले आफ्नो रोग निको नहुदै अस्पतालबाट डिस्चार्ज हुन खोजेपछि नेयमार अस्पताल पुगेका थिए । उनले बिराम ठीक भएपछि मात्र डिस्चार्ज लिन आग्रह गरेको र पेले अस्पतालमै रहेको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन्। नेयमारले पेलेसँग सम्वाद गरेका बेलाको तस्वीर आफ्नो ट्वीटर ह्यान्डलमा सार्वजनिक गरेका छन् ।

नेयरमारले गरेको ट्वीट हेर्नुहोस्

तीन पटक विश्व कप फुटबल ब्राजिलले जित्दा नायक बनेका पेले विश्व फुटबलका महान खेलाडी हुन् । उनले राष्ट्रिय टोलीबाट खेल्दै सन् १९६८, १९६२ र १९७० को विश्वकप जिताएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>