राजनीति

ओली नेतृत्वको सरकार कम्युनिस्ट सरकार होइनः बैद्य

Banner

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन बैद्यले केपी ओली नेतृत्वको वर्तमान सरकारलाई कम्युनिस्ट नेतृत्वको सरकार भन्न नमिल्ने दाबी गरेका छन् ।

नेत्र विक्रम चन्द नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाउने वर्तमान सरकारलाई कम्युनिस्ट नेतृत्वको सरकार भन्नै नमिल्ने महासचिव बैद्यको तर्क छ ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले चन्द नेतृत्वको नेकपा राजनीतिक पार्टी भएकाले सो समस्याको समाधान राजनीतिक रुपमै गर्न पनि सरकारलाई दबाब दिए ।

महासचिव बैद्यले प्रधानमन्त्री ओलीले मुलुकको धरातलीय यथार्थलाई भुलेर गरिवी अन्त्य गर्ने घोषणा गर्दै हिँडेको दावी गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>