स्वास्थ्य

तपाईंको परिवारमा जेष्ठ नागरिकलाई अल्जाइमर छ कि ? यसरी चिन्नुहाेस्

Banner

तपाईंको घरमा ६० वर्ष नाघेका बुबाआमा हुनुहन्छ ? यदि हुनुहुन्छ भने उहाँहरुको स्वभाव कस्तो छ ? केही समय अघि भनेको कुरा एकैछिनमा विर्सने र एउटै कुरा बारम्बार सोधिरहने बानी उहाँहरुमा छ ?

यदि तपाईंको परिवारमा हुनुभएका जेष्ठनागरिकमा यस्तो बानी छ भने, यो बानी होइन रोग हो ।

पोषणको अभाव र अस्वस्थकर जीवनशैलीका कारण वृद्धावस्थामा पुगेपछि धेरैमा विर्सने समस्या हुन्छ । जसलाई मेडिकलको भाषामा अल्जाइमर भनिन्छ । अल्जाइमरको विषयमा जानकारी नहुँदा धेरै जेष्ठ नागरिकहरुले उपचार नै नपाइ कनाहकमा ज्यान गुमाइरहेका छन् ।

अल्जाइमर भएका जेष्ठ नागरिकलाई बुढेसकालमा हुने सामान्य समस्या सोचेर उनका परिवारले स्वास्थ्यमा ध्यान नदिँदा अल्जाइमर भएका वृद्धवृद्धाहरु झनै कमजोर बन्छन् ।

नेपालमा ७८ हजार व्यक्तिमा अल्जाइमर रोग रहेको अल्जाइमर विस्मृति समाज नेपालको अध्ययनले जनाएको छ । पाटन अस्पतालका जेष्ठ नागरिक रोग विशेषज्ञ डा. रमेश कडेलका अनुसार अल्जाइमरका बिरामीमा ३ चरणको लक्षण देखिन्छ ।

पहिलो चरणका लक्षणहरु यी हुन्

–खाना खाएको बिर्सने,

–एउटै कुरा दोहोर्‍याइ रहने,

–जटिल शब्दहरु सम्झन नसक्ने,

–एकोहोरो हुने,

–अरुसँग घुलमिल हुन नचाहने ।

दोस्रो चरणको लक्षण

– आफू हिडेको बाटो बिर्सने,

– नियमित भेट हुने आफन्त र परिवारका सदस्यलाई नचिन्ने,

– अनावश्यक शंका गर्ने,

– आफ्नै अनुहार ऐनामा हेर्दा आफैलाई नचिन्ने,

– केही समय अघि सिकेका वा जानेका कुराहरु विर्सने,

– निन्द्रामा समस्या हुने, निन्द्रामै हिँड्ने,

– राम्रो, नराम्रो र खतराका वस्तु पहिचान गर्न नसक्ने,

– अस्पष्ट वाक्य बोल्ने, बेसुराका कुरा गर्ने,

– रिस, चिन्ता, शंका बढी गर्ने ।

अन्तिम चरणका लक्षण

– पहिलो र दोस्रो चरणको समस्याहरु बढ्दै जाने,

– आपत्तिजनक काम र व्यवहार गर्ने,

– अश्लिल शब्दहरु बोल्ने,

– कुरा नबुझ्ने,

– समवेदना गुमाउने,

– वजन कम हुँदै जाने,

– परिवार, आफन्त र साथीहरुलाई नचिन्ने,

– दैनिक क्रियाकलाप गर्न नसक्ने,

– खानेकुरा चपाउँन र निल्न नसक्ने,

– ओछ्यानमा थला पर्ने,

– दिसापिसाबको नियन्त्रण गर्न नसक्ने,

– मानसिक सन्तुलन घुमाउने ।

त्यसैले अल्जाइमर हुँदा बुढेसकालको समान्य समस्या भनेर बस्नु हुँदैन । अल्जाइमर भएका बिरामीले आफन्तको केयर र औषधि उपचार पाएमा १० देखि १५ वर्ष सम्म बढी समय बाँच्न सक्छन् । त्यसैले अल्झाइमर भएका जेष्ठ नागरिक विशेष हेरचाह गर्नुपर्छ ।

अल्जाइमरका बिरामीको यसरी गर्नुस् केयर

– अल्जाइमर हुने जोखिमलाई कम गर्ने,

– सामाजिक कार्यमा जेष्ठ नागरिकलाई सहभागी गराउने,

– योगा तथा शारीरिक व्यायाम गर्ने,

– जेष्ठ नागरिकले सोधेको कुरामा राम्रोसँग जवाफ दिने,

–वृद्धवृद्धालाई पोषिलो खाना खुवाउने,

– सरसफाइ र हेरचाहमा विषेश ध्यान दिने ।

अल्जाइमरको खतराबाट यसरी जोगिनुस्

–मुटुलाई स्वास्थ्य राख्नुस्,

– शरीरलाइ क्रियाशील बनाउँनुस्,

– सन्तुलित, पोषिला खाना खाने,

– मस्तिष्कलाई चुनौतीदिने प्रयास गर्ने,

– समाजिक कार्यमा सहभागि हुने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>