स्वास्थ्य

मधुमेहका बिरामीले भुलेर पनि खान नहुने ६ कुराहरू

Banner

काठमाडौँ, वैशाख १७-

मधुमेहका बिरामीले औषधि भन्दा धेरै खानपानमा ध्यान दिन जरुरी हुन्छ । मधुमेह भएपछि शरीरले इन्सुलिन हर्मोन ठिकसँग बनाउन वा यसको उपयोग गर्न सक्दैन । जसका कारण रगतमा निकै धेरै ग्लुकोज बन्छ ।

नेपालमा मात्रै होइन विश्वभर नै मधुमेहका बिरामीको सङ्ख्या बढ्दै गइरहेको छ । तर थोरै लापरबाहीले पनि सुगरको मात्रा बढ्न सक्ने भएकोले डाक्टरहरूले पनि मधुमेहका बिरामीलाई आफ्नो आहार र खानपानमा विशेष ख्याल राख्ने सल्लाह दिने गरेका छन् । मधुमेह २ प्रकारका हुन्छन् । टाइप १ र टाइप २ ।

विश्वभर मधुमेहका ८ प्रतिशत बिरामी मात्रै टाइप १ बाट पीडित छन् । बाँकी सबै टाइप २ बाट ग्रस्त छन् । टाइप १ मा शरीरले इन्सुलिन नै बनाउन सक्दैन ।

यसमा प्रतिरक्षा प्रणालीले नै इन्सुलिन बनाउने कोशहरूमा हमला गर्न थाल्छ र त्यसलाई नष्ट गरिदिन्छ । टाइप २ मधुमेह भने शरीरले आवश्यक मात्रामा इन्सुलिन बनाउन वा उपयोग गर्न सक्दैन । आजको यस लेखमा हामीहरू मधुमेहका बिरामीले खानै नहुने केही वस्तुबारे कुराकानी गर्नेछौँ ।

१. ट्रान्स फ्याटः

मधुमेहबाट पीडित मानिसहरूले खानामा चिल्लो वा तेलको सेवनलाई नियन्त्रणमा राख्नु पर्छ । यसो नगर्दा मुटुसम्बन्धी रोग लाग्ने खतरा बढ्न सक्छ । ट्रान्स फ्याट २ प्रकारको हुन्छ । एउटा जनावरमा पाइन्छ । यो मानिसका लागि निकै हानिकारक हुन्छ । अर्को भने कृत्रिम अर्थात् हाइड्रोजनीकृत वनस्पति तेल हो । यो अति नै खतरनाक हुन्छ । यी दुवै खाले ट्रान्स फ्याटको सेवन नगर्न डाक्टरहरू सल्लाह दिन्छन् ।

२. ग्लाइसेमिक इन्डेक्स उच्च भएका फल

मधुमेहका बिरामीले सधैँ ग्लाइसेमिक इन्डेक्स न्यून भएका फल सेवन गर्नु पर्छ । ग्लाइसेमिक इन्डेक्स उच्च भएको फलको सेवनबाट सकेसम्म खानु हुन्न । फलमा ग्लाइसेमिक इन्डेक्स धेरै हुनको अर्थ यसमा कार्बोहाइड्रेट्स धेरै छ भन्ने हुन्छ । कुनै पनि भोजनले खाने व्यक्तिको सुगरको स्तर कति छिटो बढाउँछ भन्ने नाप्न ग्लाइसेमिक इन्डेक्सको प्रयोग गरिन्छ । बेरी, अंगुर, आरु, नास्पाती, सुन्तला र खुर्पानीमा ग्लाइसेमिक इन्डेक्स निकै कम हुन्छ । तर खरबुजा र भुँइकटहरमा ग्लाइसेमिक इन्डेक्स निकै धेरै हुन्छ ।

३. प्रशोधित आँटा

प्रशोधित आँटा पनि मधुमेहका बिरामीका लागि खतरनाक हुन सक्छ । यो शरीरमा भित्रसम्म गएर छिटो छिटो ग्लुकोजमा बदलिन्छ । यसले रगतमा चिनीको मात्रालाई बढाइदिन्छ । त्यसैले मधुमेहका बिरामीले सकेसम्म प्रशोधित आटा अर्थात् मैदाजस्ता चिजबाट बनेका खानेकुरा खानु हुन्न ।

४. तारेको वा भुटेको खानेकुरा

तारेको वा भुटेको खानेकुरामा चिल्लो निकै हुन्छ । फ्याट बिस्तारै पच्छ । त्यसैले यो रगतमा सुगर बढाउने कारण बन्न सक्छ । मधुमेहको बिरामीलाई डाक्टरहरूले भुटेको वा तारेको वा धेरै तेल हालेर बनाइएको खानेकुरा नखान सल्लाह दिन्छन् ।

५.रक्सी

मधुमेहका बिरामीले रक्सी पनि खानु हुन्न । यी बिरामीका लागि रक्सी सबैभन्दा खराब खाद्य पदार्थमध्ये एक हो । खाली पेटमा यसको सेवन गर्दा ग्लुकोजको स्तर कम हुने खतरा हुन सक्छ ।

६. चर्को नुन

नुन धेरै भएको खानेकुरा मधुमेहका बिरामीका लागि सबैभन्दा खराब भोजनमा पर्दछ । यसलाई रक्त चाप बढाउने मुख्य कारणको रूपमा लिइन्छ । मधुमेह भए पनि नभए पनि दैनिक भोजनमा सकेसम्म कम नुन खान सल्लाह दिइन्छ । खास गरी चिप्स, फ्रेञ्च फ्राइज र अन्य नुनिला खाद्य पदार्थहरुले स्वास्थ्यमा क्षति पुर्‍याउँछन् । तपाईंलाई पनि मधुमेह छ भने माथि उल्लेख गरिएका खानेकुराहरू सकेसम्म नखानु होला । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>