राजनीति

सरकारले उद्योगमैत्री वातावरण बनाउन सकेन– उपराष्ट्रपति पुन

Banner

काठमाडौं– उपराष्ट्रपति नन्दबहादुर पुनले उद्योगमैत्री वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

उपराष्ट्रपति पुनले व्यवसायीहरुले पटक–पटक आग्रह गर्दा पनि उद्योगमैत्री वातावरण बनाउन सरकारले चासो नदिएको उल्लेख गर्दै असन्तुष्टि पनि व्यक्त गरे ।

ग्रील तथा स्टील व्यवसायी महासंघ, नेपालको २५ औं वार्षिक साधारण सभा तथा ८ औं राष्ट्रिय महाधिवेशनको सोमबार काठमाडौंमा उद्घाटन गर्दै पुनले व्यवसायीहरुको माग अनुसार उद्योग तथा लगानी मैत्री वातावरण नसकिएका कारण मुलुक पछि परेको पनि बताए ।

उचित नीतिको अभावमा नेपालको उद्योग व्यवसाय धरासायी भएको पुनको भनाइ थियो । मुलुकलाई समृद्ध बनाउन उद्योगको विकास र त्यसमा आवश्यक लगानीको व्यवस्था गर्न सरकारले ढिलाई गर्न नहुने पुनले बताए ।

कार्यक्रममा बोल्दै नेपाल चम्बर अफ कमर्सका अध्यक्ष डा. राजेशकाजी श्रेष्ठले उद्योगमैत्री वातावरण निर्माण गर्न सरकारसँग माग गरे । दोहोरो कर लिनेलगायतका व्यवस्थाका कारण अझै पनि मुलुकमा उद्योगमैत्री वातावरण बन्न नसकेको श्रेष्ठको भनाइ थियो ।

ग्रील तथा स्टील व्यवसायी महासंघ, नेपालका अध्यक्ष मोहन कटुवालले ग्रील व्यवसायको उत्थानका लागि सरकारले स्पष्ट नीति समेत तय गर्न नसकेको गुनासो गरे ।

उनले ग्रील व्यवसायबाट मुलुकको समृद्धिमा योगदान पु¥याउन पनि सरकारले अनुकूल वातावरण बनाउन ढिलाई गर्न नहुने बताए ।

कार्यक्रममा उपराष्ट्रपति पुनले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, न्यूज एजेन्सी नेपालकी अध्यक्ष कृष्णा पौडेललगायतलाई सम्मान गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>