राजनीति
बहुदलीय व्यवस्था पुनर्स्थापनाको सम्झानामा ‘डेमोक्रेटिक वाकाथन’ प्रतियोगिता
०
काठमाडौं– २०४६ सालको परिवर्तन तथा मुलुकमा बहुदलीय व्यवस्थाको पुनःबहाली भएको सम्झनामा ‘डेमोक्रेटिक वाकाथन’ प्रतियोगिता हुने भएको छ ।
२०४६ सालको जनआन्दोलनका कमाण्डर गणेशमान सिंहको स्मृतिमा स्थापना गरिएको वीर गणेशमान सिंह फाउण्डेशनको आयोजनामा मङ्गलबार ‘डेमोक्रेटिक वाकाथन’ प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगिता वसन्तपुर दमकल, न्यूरोड गेट, वीर अस्पताल, रत्नपार्क पुरानो बसपार्क, भद्रकाली, शहीदगेट हुँदै पुनः वसन्तपुर पुगेर समापन हुनेछ ।
फाउण्डेशनका अध्यक्ष प्रकाशमान सिंहले नयाँ पुस्तालाई जनआन्दोलन तथा बहुदलीय व्यवस्था पुनःबहालीका बारेमा चिनाउन उक्त प्रतियोगिता आयोजना गरिएको जानकारी दिए ।
प्रतियोगितामा राष्ट्रिय कलाकार, राष्ट्रिय खेलाडी, विद्यार्थीलगायतको सहभागिता रहनेछ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>