एथलेटिक्स

एथलेटिक्स संघको अध्यक्षमा शाह निर्वाचित

Banner

काठमाडौ‌ं– नेपाल एथ्लेटिक्स संघको अध्यक्षमा राजीवविक्रम शाह निर्वाचित भएका छन् । आइतबार चितवनको सौरहामा सम्पन्न अधिवेशनले शाहलाई दोस्रो कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो ।

शाहको नेतृत्वमा १० सदस्यीय कार्यसमिति चयन गरीएको छ । कार्यसमिति सदस्यमा जनकबहादुर रावल, दिपक रानाभाट, शैलेन्द्र पाण्डे, तेजेन्द्र थापा, धनबीर चौधरी, गजबहादुर गुरुङ, दिलबहादुर बम, कुमार श्रेष्ठ र जितेन्द्र चौधरी छन् ।

जिल्ला संघको विवादका कारण राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले एथ्लेटिक्स संघको चुनाव रोक्दै आएको थियो । तर, गएको शनिबारमात्रै राखेपले संघलाई अधिवेशनका लागि स्वीकृति दिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>