क्रिकेट

बैंगलोरद्वारा दिल्लीसमक्ष १ सय ५० रनको चुनौती

Banner

काठमाडौं– नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध टोली दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बैंगलोरबाट १ सय ५० रनको लक्ष्य पाएको छ ।

इन्डियन प्रिमियर लिग (आईपीएल) मा टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको बैंगलोरले निर्धारित २० ओभर पुरा खेलेको बैंगलोरले ८ विकेट गुमाएर १सय ४९ रन बनाएको हो ।

दिल्लीका बलर कागिसो रबाडाले उत्कृष्ट बलिङ गरेपनि बैंगलोरले १ सय ४९ रन बनाएको हो । बैंगलोरका लागि कप्तान विराट कोहलीले ४१ रन बनाए भने मोईन अलिले ३२ रन बनाएका थिए ।

अन्य ब्याट्सम्यानहरुमा अक्षदीप नाथले १९, एबि डि भिलियर्सले १७ र मार्कस स्टोनिसले १५ रन बनाएका थिए ।

बैंगलोरविरुद्ध कागिसो रबाडाले ४ विकेट लिए । उनले ४ ओभर बलिङ गर्दै २१ रन खर्चेर एक विकेट लिए । यस्तै, क्रिस मोरिसले २ तथा अक्षर पटेलले एक विकेट लिएका थिए ।

त्यस्तै, नेपाली लेग स्पिनर सन्दीप लामिछाने बैंगलोरविरुद्ध महंगा सावित भएका छन् । उनले खेलमा ४ ओभर बलिङ गर्दै ४६ रन खर्चेर १ विकेट लिए भने दिल्लीलाई पहिलो विकेटको सफलता दिलाउन पार्थिव पटेलको क्याच लिएका थिए । बैंगलोरविरुद्ध दिल्ली केही बेरमा मैदान उत्रिदैछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>