समाचार

भ्रष्टाचारको गन्ध आए सैह्य हुने छैन– प्रधानमन्त्री ओली

Banner

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले परिणाम देखिने गरी काम गर्न मातहतका निकायलाई कडा निर्देशन दिएका छन् ।

प्रधानमन्त्री ओलीले भ्रष्टाचार हुन नदिन पनि सबै सरकारी निकायलाई पारदर्शी ढंगले काम गर्न पनि सचेत गराए ।

आइतबार सिंहदरबारमा बसेको गरिवी निवारणको कोषको ७० औं संचालक समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचारको गन्ध कहिँकतै आएको पाइए सैह्य नहुने चेतावनी दिए ।

कोषका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले गरिबी निवारणको क्षेत्रमा गरेका कामको मूल्याङ्कन गरेर मात्रै गरिबी निवारण कोषको लागि आगामी आर्थिक वर्षको बजेटको व्यवस्था गर्ने बताए ।

गरिबी निवारण कोषको आर्थिक क्रियाकलापको अनुमगन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिवको नेतृत्वमा ५ सदस्यीय समिति पनि बनाइएको छ ।

यस्तै, कोषसँग सम्बन्धित ३२ हजार संस्थाहरुलाई बजेटसहित स्थानीय तहबाट संचालन गर्ने निर्णय पनि गरिएको कोषका उपाध्यक्ष भट्टराईले बताए ।

गरिवी निवारणसँग सम्बन्धित हाल ३२ हजार संस्थाहरु रहेका छन् । उनीहरुको संचालन र त्यसमा रहेको कोषको परिपाचन पनि स्थानीय तहले नै गर्ने कोषले निर्णय लिएको पनि गरिवी निवारण कोषले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>