क्रिकेट

बैंगलोरसँग खेल्दै दिल्ली, सन्दीपको प्रदर्शन कस्तो रहला ?

Banner

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज (आइतबार ) नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने आवद्ध टोली दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बैंगलोरसँग प्रतिस्पर्धा गदैछ ।

बेंगलुरुस्थित एम चिन्नास्वामी क्रिकेट स्टेडियममा दिल्ली र बैंगलोरबीचको खेल नेपाली समयानुसार दिउँसो ४ः१५ बजे शुरु हुनेछ । सन्दीपको टिम दिल्ली बैंगलोरविरुद्ध तेस्रो जीतको खोजीमा रहने छ । ५ खेल खेलेको दिल्ली २ जीत निकाल्दै ४ अंकसहित छैटौं स्थानमा रहेको छ ।

आईपीएलमा लगातार कमजोर प्रदर्शन गरीरहेको बैंगलोर घरेलु मैदानमा दिल्लीलाई पराजित गर्दै अंकतालिकामा खाता खोल्ने लक्ष्यमा रहेको छ ।

यसअघि ३ खेल खेलेका नेपाली लेग स्पिनर सन्दीपलाई दिल्लीले मैदान उतार्ने सम्भावना कायम देखिन्छ ।

सन्दीपले दिल्लीले खेलेका पछिल्ला तीनवटै खेलमा विकेट लिइरहेका छन् भने रनमा पनि केही नियन्त्रण गरिरहेका छन् । उनले ३ खेलमा उत्कृष्ट बलिङ गर्दै ४ विकेट हात पारिसकेका छन् ।

यद्यपि, दिल्लीसँगका पछिल्लो ५ भेटलाई बैंगलोरले आफ्नो पक्षमा पार्न सफल भएको छ । बैंगलोरको घरेलु मैदानमा दिल्लीले यसअघिको टिमलाई निरन्तरता दिए सन्दीप टिममा पर्ने नै छन् । तर, सन्दीपले खेलेका पछिल्ला ३ खेलमध्ये दिल्लीले १ खेलमा जित र २ खेलमा हार व्यहोरेको छ । ब्याटिङ लाइन कमजोर बन्दै गइरहेको दिल्लीका लागि मुख्य स्पिनरका रुपमा मैदान उत्रिएको अवस्थामा सन्दीपले बैंङ्लोरविरुद्ध प्रभावकारी प्रमाणित गर्न सक्लान् ?

सन्दीपको प्रदर्शन कस्तो रहला ? उनले आफूलाई दिल्लीका लागि प्रभावकारी खेलाडी भएको पुष्टि गर्न सक्छन् भन्ने प्रश्न यतिबेला उठिरहेका छन् ।

आज राति ८ः१५ बजे दोस्रो खेलमा राजस्थान रोयल्स र कलकत्ता नाइट राइडर्सले प्रतिस्पर्धा गर्नेछन् ।

सम्भावित दिल्ली टिम:

इशान्त शर्मा, राहुल तेवतिया, अजर पटेल, पृथ्वी श्वा, शिखर धवन, श्रयस अयर (कप्तान), रिसभ पन्त, कागिसो रबाडा, सन्दीप लामिछाने, क्रिस मोरिस, कोलिन इनग्राम

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>