राजनीति
देउवा नेतृत्वको कांग्रेस नै आधिकारिक होः डा.शशांक कोइराला

काठमाडौं , मंसिर ११ –
नेपाली कांग्रेसको १५ ओैँ महाधिवेशन तयारी समितिका संयोजक डा।शशांक कोइरालाले १४ओै महाधिवेशनबाट निर्वाचित सभापति नेतृत्व कांग्रेस नै आधिकारिक कांग्रेस भएको बताएका छन् ।
नेपाली कांग्रेसको १५ नियमित महाधिवेशन अन्तरगत रौतहट जिल्ला अधिवेशन उदघाटन गर्दै आधिकारिक कांग्रेस भएका कारण १५ ओै महाधिवेशन सम्पन्न गर्न लागेको बताएका हुन् ।
उनले नेपालमा अहिलेको अर्थतन्त्र जग नेपाली कांग्रेसको २०४८ सालको सरकारले तयार पारेको बताए ।
डा।कोईरालाले आर्थिक तथा बहुदलिय संसदीय राजनीतिको जग गिरिजाप्रसाद कोईराला नेतृत्वको सरकारले बसाएको उल्लेख गरे ।
उनले भने,‘२०४८ सालमा कांग्रेसको सरकारले गाउँ गाँउमा बाटो, विजुली, शिक्षा, स्वस्थ्यको आधारशिला तयार पारेको हो । त्यही सरकारले विश्वविद्यालयको संख्या एयरलाइन्सको संख्या बृद्धि गरेको हो ।’
उनले नेपाली कांग्रेसले आफूले गरेका कामको प्रचार गर्न नसकेका कारण ३५ वर्षमा केही नभएको भाष्य बनेको बताए ।
उनले नेपाली कांग्रेसका आदर्श सिद्धान्त राम्रो भएका कारण साथीहरू सबै समेटन सके कांग्रेस बलियो बन्ने बताए ।

























