राजनीति

सुर्खेतमा रवि लामिछानेलाई भव्य स्वागत

०
Banner

सुर्खेत,मंसिर ११ –

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सुर्खेतमा पार्टीका नेता तथा कार्यकर्ताले स्वागत गरेका छन् ।

शुक्रबार दुईदिने पार्टी प्रशिक्षण कार्यक्रममा सहभागी हुन सुर्खेत पुगेका लामिछानेलाई विमानस्थलमा पार्टीका नेता तथा कार्यकर्ताले स्वागत गरेका हुन् ।

रास्वपाले शनिबार र आइतबार गरी दुई दिन वीरेन्द्रनगरमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । कर्णाली प्रदेशबाट सुरु गर्न लागिएको प्रशिक्षण अभियानलाई क्रमशः अन्य प्रदेशमा समेत विस्तार गर्ने पार्टीको तयारी रहेको छ ।

पार्टी संगठन सुदृढीकरण तथा कार्यकर्ताको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले प्रशिक्षण कार्यक्रम आयोजना गरिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>