देश/प्रदेश
निर्वाचन आयोगको दुई वर्षे कार्ययोजनाः ३५ क्रियाकलापमध्ये ९ वटामात्रै पूर्ण कार्यान्वयन
०

काठमाडौं, मंसिर ११ –
निर्वाचन आयोगले चौथो पञ्चवर्षीय रणनीतिक योजनाअन्तर्गत दुई वर्षमा सम्पन्न गर्नुपर्ने ३५ वटा क्रियाकलापमध्ये ९ वटामात्रै पूर्ण कार्यान्वयन गरेको छ ।
१६ वटा क्रियाकलाप आंशिक रूपमा कार्यान्वयन भएका छन् भने १० वटा क्रियाकलाप सुरु नै हुन सकेका छैनन् । शुक्रवार ललितपुरमा निर्वाचन आयोगले चौथो पञ्चवर्षीय रणनीतिक योजनाबारे सरोकारवालासँग गरेको छलफल कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले यस्तो जानकारी दिनुभएको हो । उहाँकाअनुसार आयोगको रणनीतिक योजनामा पाँचवटा रणनीतिक स्तम्भ, २० वटा कार्यनीति र १४६ वटा मुख्य क्रियाकलाप समावेश छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























