राजनीति
काँग्रेसले भन्यो– प्रधानमन्त्रीको भारत भ्रमण जनअपेक्षाअनुसार उपलब्धीमूलक हुन सकेन
०

काठमडौं, मंसिर ९-
नेपाली काँग्रेसले प्रधानमन्त्री बालेन्द्र साहको भारत भ्रमणको क्रममा भएका सम्झौता, समझदारी र उपलब्धीहरु आधिकारिक रुपमा सार्वजनिक गर्न माग गरेको छ ।
बुधवार पार्टी मुख्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै काँग्रेस महामन्त्री प्रदीप पौडेलले यस्तो माग गर्नुभएको हो । उहाँले प्रधानमन्त्री साहको भारत भ्रमण नेपाली जनताको अपेक्षाअनुसार उपलब्धीमूलक हुन नसकेको पनि बताउनु भयो । उहाँले दुई देशबीच लामो समयदेखि छलफलकै क्रममा रहेका तथा नटुंगिएका विषयहरु टुंगिनेमा नेपाली जनताको विश्वास रहेको भएपनि त्यसअनुसार दृष्टिकोण राख्न प्रधानमन्त्री सफल भएको नदेखिएको बताउनु भयो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























