देश/प्रदेश

जेनजी आन्दोलनका घाइते शान्तनु ढकालको उपचार र पुनःस्थापनाबारे जानकारी लिन अस्पताल पुगे मन्त्रीद्वय

०
Banner

काठमाडौँ, मंसिर ९ –

जेनजी आन्दोलनका क्रममा गम्भीर घाइते भएका शान्तनु ढकालको उपचार तथा पुनःस्थापनाबारे जानकारी लिन महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सिता बादी तथा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता आज त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुग्नुभएको छ ।

मन्त्रीहरूले अस्पतालमा उपचाररत ढकालको स्वास्थ्य अवस्था, उपचारको प्रगति र आगामी उपचारका आवश्यकताबारे जानकारी लिनुभएको थियो । उहाँहरूले शान्तनुका बुबासँग भेटी उपचारका क्रममा परिवारले भोग्नुपरेका समस्या र आवश्यकताबारे समेत जानकारी लिनुभएको थियो । सो अवसरमा मन्त्री बादीले शान्तनुको उपचारसँगै उपचारपछिको पुनःस्थापना र परिवारको भविष्यलाई समेत सरकारले प्राथमिकतामा राख्ने बताउनुभयो । उहाँले परिवारको रोजगारी, शिक्षाको निरन्तरता र अन्य आधारभूत आवश्यकताका विषयमा मन्त्रालयले आवश्यक समन्वय तथा सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री मेहताले उपचारका क्रममा आवश्यक पर्न सक्ने थप शल्यक्रिया र अन्य स्वास्थ्य सेवाका लागि स्वास्थ्य मन्त्रालयले सहयोग तथा समन्वय गर्ने बताउनुभयो ।

मन्त्रीद्वयले शान्तनुको उपचारपछि सम्मानजनक जीवनयापन र सामाजिक पुनःस्थापनाका लागि पनि सम्बन्धित निकायबीच समन्वय गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>