मकवानपुर

हेटौँडाको सहिद स्मारकमा एक महिनामै ३६ हजारभन्दा बढी पर्यटक, २२ लाख आम्दानी

०
Banner

बागमती, मंसिर ७-

बागमती प्रदेशको राजधानी हेटौँडास्थित सहिद स्मारकमा गत कात्तिक महिनामा ३६ हजार आगन्तुकले भ्रमण गरेका छन् ।

हेटौँडाको महत्वपूर्ण पर्यटकीय गन्तव्यका रुपमा रहेको स्मारकमा ३६ हजार ७४० पर्यटकले भ्रमण गरेको स्मारक कार्यालयका लेखा अधिकृत आशिष बिडारीले जानकारी दिनुुभयो ।

स्मारक क्षेत्रमा अवलोकन भ्रमणसँगै बनभोज, चलचित्र छायांकनलगायतका विभिन्न शीर्षकमा प्रवेशका लागि शुल्क निर्धारण गरिएको छ । सो महिनामा कुुल रु २२ लाख २९ हजार ६५० आम्दानी भएको उहाँले बताउनुभयो । स्मारकको आम्दानी यहाँको कर्मचारी व्यवस्थापन, पूर्वाधार विकासलगायतमा खर्च गरिन्छ ।

हिउँद लागेसँगै स्मारक क्षेत्रमा बनभोजका लागि आउनेको सङ्ख्यामा वृद्धि हुने जानकारी दिँदै उहाँले त्यसका लागि नौ वटा व्यवस्थित स्थल (सेड)सँगै खुल्ला स्थल उपलब्ध रहेको जानकारी दिनुभयो ।

एउटै ढुङ्गामा इतिहासका विभिन्न कालखण्डका सहिदको आकृति कुँदिएको छ । त्यसमा भक्ति थापादेखि २०४६ सालसम्मका सहिदलाई समेटिएको छ । यस्तै, ज्ञातअज्ञात सहिदको प्रतिनिधिका रूपमा एक महिला र एक पुरुषको अमूर्त आकृति समावेश छ ।

स्मारकमा मनमोहन वाटिका, जातीय सङ्ग्रहालय, चिडियाखाना प्रमुख आकर्षणका रुपमा छन् । मिनी चिडियाखाना, बुद्ध पार्क, धरहरा उद्यान, नर्सरी ग्रिन हाउस, फोहोरासहितको पार्क यहाँको आकर्षण बढाएको छ । पर्यटकलाई लक्षित गरी स्मारक वर्षभरि नै खुल्ने व्यवस्था गरिएको उहाँले जानकारी दिनुुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>