प्रवास

बाढीबाट चीनतर्फ तीन जनाको मृत्यु, २६५ जना वेपत्ता

Banner

एजेन्सी , भदौ ११ –

चीनको दक्षिणपश्चिमी क्षेत्रस्थित सिजाङ स्वायत्त क्षेत्र र नेपालबीचको सीमावर्ती क्षेत्रमा बुधबार बिहान आएको पहिरोका कारण कम्तीमा तीन जनाको मृत्यु भएको छ भने २६५ जना अझै बेपत्ता रहेका छन् ।

नेपालतर्फको सीमावर्ती क्षेत्रमा आएको पहिरोले सिजाङको जिरोङ काउन्टीस्थित जिरोङ बन्दरगाह क्षेत्रमा प्रभाव पारेको हो ।

घटनास्थलमा रहेको उद्धार मुख्यालयका अनुसार मृतक तथा बेपत्ताको विवरण अझै यकिन गर्ने काम भइरहेको छ भने उद्धार कार्य जारी छ ।

विपत्तापछि चीनको आपत्कालीन व्यवस्थापन मन्त्रालयले तत्काल उद्धार तथा प्रतिकार्य प्रक्रिया सक्रिय पार्दै घटनास्थलमा सहयोगका लागि एक कार्यदल खटाएको छ ।

उद्धारका लागि राष्ट्रिय अग्नि तथा उद्धार टोलीका ६०१ जना तथा सरकारी स्वामित्वका इन्जिनियरिङ र उद्धार संस्था चाइना एनङ, पावर कन्स्ट्रक्सन कर्पोरेसन अफ चाइना ९पावरचाइना० लगायतका संस्थाबाट ३२५ जना इन्जिनियरिङ जनशक्ति परिचालन गरिएको छ ।

सिजाङको क्षेत्रीय अग्नि तथा उद्धार निकायले पनि उद्धार र राहत टोली घटनास्थलतर्फ परिचालन गरेको छ ।

त्यसैगरी, जनमुक्ति सेना र सशस्त्र प्रहरी बलका अधिकारी तथा सुरक्षाकर्मीहरूलाई पनि उद्धार कार्यमा सहयोगका लागि पठाइएको छ ।

चिनियाँ जनसशस्त्र प्रहरी बलको सिगात्से डिट्याचमेन्टका १४० भन्दा बढी अधिकारी तथा सैनिकलाई २०० भन्दा बढी सेट आपत्कालीन उद्धार उपकरणसहित करिब १ बजे राहत तथा उद्धार कार्यमा सहयोग गर्न तत्काल परिचालन गरिएको थियो ।

सिजाङ सैन्य कमान्डअन्तर्गतको एक इकाइले पनि प्रभावित क्षेत्रमा आपत्कालीन उद्धार टोली पठाएको छ । उक्त इकाइको दोस्रो उद्धार टोली र इन्जिनियरिङ मेसिनरी तयारी अवस्थामा राखिएको छ । साथै, खाद्यान्न, पानी, टेन्ट र औषधिलगायत राहत सामग्री पनि तयारी अवस्थामा राखिएको छ । चीनको प्राकृतिक स्रोत मन्त्रालयले भूगर्भीय विपद्का लागि चार तहको आपत्कालीन प्रतिकार्य प्रणालीअन्तर्गत दोस्रो उच्चतम लेभल–२ आपत्कालीन प्रतिकार्य सक्रिय गरेको छ । मन्त्रालयले उद्धार कार्यको निर्देशन तथा सम्भावित दोस्रो विपत्ति रोक्न घटनास्थलमा कार्यदलसमेत खटाएको जनाएको छ ।

राष्ट्रिय विपद् रोकथाम, न्यूनीकरण तथा राहत आयोग र आपत्कालीन व्यवस्थापन मन्त्रालयले संयुक्त रूपमा विस्थापितहरूको उद्धार, पुनःस्थापना र राहतका लागि टेन्ट, चुल्हो, लत्ताकपडा, कम्बल, फोल्डिङ बेड र ओसिलोपन रोक्ने म्याटसहित ३० हजार केन्द्रीय राहत सामग्री उपलब्ध गराउन सहयोग गरेका छन् ।

सिजाङले प्राकृतिक विपद्का लागि आफ्नो उच्चतम स्तरको राहत तथा आपत्कालीन प्रतिकार्य सक्रिय गरेको छ ।

यसैबीच, चीनको अर्थ मन्त्रालय र आपतकालीन व्यवस्थापन मन्त्रालयले सिजाङमा आपत्कालीन उद्धार तथा विपद् राहत कार्यका लागि १२ करोड युआन (करिब १ करोड ७६ लाख ९० हजार अमेरिकी डलर) राहत कोष विनियोजन गरेका छन् ।

त्यस्तै, राष्ट्रिय विकास तथा सुधार आयोगले विपत्तिपछिको आपत्कालीन पुनःस्थापना तथा पुनर्निर्माणका लागि केन्द्रीय बजेटबाट थप १० करोड युआन ९करिब १ करोड ४८ लाख अमेरिकी डलर० छुट्याएको छ ।

स्थानीय मौसम विज्ञान केन्द्रले बुधबार साँझदेखि आइतबारसम्म जिरोङ काउन्टीभर निरन्तर वर्षा हुने पूर्वानुमान गरेको छ । मौसम केन्द्रले होचा भूभागमा बाढी, पहिरो तथा अन्य दोस्रो चरणका विपत्तिको जोखिम रहन सक्ने चेतावनी दिएको छ । (सीसीटीभीप्लस)

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>